सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

बागमती प्रदेश सरकारले १८ जना कर्मचारीको सरुवा गरेको छ । प्रदेश सरकारले सहायकस्तर (पाँचौं)देखि नवौं तहका अर्थात उपसचिवसम्मका १८ जना कर्मचारीको सरुवा गरेको हो ।

बिज्ञापन

प्रमुख सचिव बाबुराम अधिकारीको निर्णय अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडाले ३ जना उपसचिवसहित आठौँ तहका ४ जना, सातौँ तहका १ जना कर्मचारी रहेका छन् भने छैटौँ तहका ९,र पाँचौँ तहका १ जना कर्मचारी रहेका छन् ।

बिज्ञापन

सरुवाको सूची अनुसार, प्रदेश नीति तथा योजना आयोगमा कार्यरत उपसचिव प्रतिभा पन्थीलाई प्रदेश सुशासन केन्द्र, जावलाखेल, प्रदेश सुासन केन्द्रबाट अनिता तामाङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालय, हेटौँडा र सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव प्रदीपराज पौडेललाई प्रदेश सरकारी रजिस्ट्रारको कार्यालय, काठमाडौँमा खटाइएको छ ।
यसैगरी साना ठुला सवारी एकान्तकुना ललितपुरका अधिकृतस्तर आठौंमा कार्यरत अम्बिका घिमिरेलाई संस्कृति तथा पर्यटन मन्त्रालय हेटौँडा, सरुपा पाण्डेलाई पर्यटन कार्यालय, काठमाडौँबाट प्रदेश सुशासन केन्द्र, ललितपुर, सन्ध्या लामिछानेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश सुशासन केन्द्र, ललितपुरमा, लेखनाथ खतिवडालाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय हेटौंडाबाट श्रम, रोजगार तथा यातायात मन्त्रालय हटौंडामा खटाइएको छ ।
यसैगरी सातौ तहका शिव प्रसाद भट्टराई यातायात व्यवस्था कार्यालय, भक्तपुरबाट उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय हेटौँडा।श्रीधर पुडासैनी अधिकृतस्तर छैटौँलाई प्रदेश लोक सेवा आयोगबाट उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय हेटौँडा, किशोर जोशीलाई शिक्षा विकास निर्देशनालयबाट प्रदेश लोक सेवा आयोग, पुरुषोत्तम मिश्रलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश लोक सेवा आयोगमा सरुवा गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
सरुवाको सूची अनुसार,अधिकृत स्तर छैटौँ इन्द्र बहादुर कार्कीलाई यातायात व्यवस्था कार्यालय, साना ठुला सवारी ललितपुरबाट स्वास्थ्य मन्त्रालय हेटौँडामा, मुक्तिनाथ घिमिरेलाई यातायात व्यवस्था कार्यालय, काठमाडौँबाट सहकारी तथा गरिबी निवारण मन्त्रालय हेटौँडा, प्रेम प्रकाश घिमिरे यातायात व्यवस्था कार्यालय, भक्तपुरबाट वन तथा वातावरण मन्त्रालय हेटौँडा, जीवन कुमार बस्नेत यातायात व्यवस्था कार्यालय, भक्तपुरबाट खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय हेटौँडा, सुरेन्द्र गिरी व्यावसायिक कीट विकास फार्म, धादिङबाट श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडा, गोविन्द दुलाललाई यातायात व्यवस्था कार्यालय, काठमाडौँबाट सहकारी तथा गरिबी निवारण मन्त्रालय हेटौँडामा सरुवा गरिएको छ ।

यस्तै,यातायात व्यवस्था कार्यालय, चितवनबाटमा कार्यरत कम्प्युटर अपरेटर दीपेश खनाललाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चलचित्र भागदौड यहि असार २६ गते प्रदर्शनमा आउने

प्रमुख भन्सार अधिकृतसहित १३ कर्मचारी एकै पटक निलम्बित

खाजा – खानामै पालिकाले खर्चियो ८० लाख,इ रिक्सा अनुगमनमा सात लाख

‘मेरिट’को आश्वासन, पूराना सत्ताबाट लाभ लिएकाहरुकै गज्जबको दौडधूप

तल्ला तहका कर्मचारीलाई स्पष्टीकरणदेखि निलम्बन,सहसचिवलाई संरक्षण

मन्त्रीका लागि मागिएको एनटीएनसीको गाडी कहाँ पुग्यो ? मन्त्रालयको अभिलेखमै छैन, प्रयोगकर्ताबारे पनि अन्योल

सामान्यका दुई कर्मचारी बर्खास्त,अध्ययन बिदामा विदेश हराउनेको खोजी तिव्र

कर्मचारीहरू कोही बिदा बस्दै, केही राजीनामा दिँदै

बिशेष