जब अख्तियारमै एक लाख घुस लिएर पुगे अधिकृत

नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमै घुस बोकेर पुगेपछि पक्राउ परेका छन्।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा अनुसन्धान अधिकृतको कार्यालयबाटै प्रमुख प्रशासकीय अधिकृत सापकोटालाई एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको हो। आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार, सापकोटाले मुद्दा मिलाइदिन भन्दै आयोगको कार्यालयमा घुस रकम लिएर पुगेका थिए।

बिज्ञापन

अनुसन्धानमा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन आएको भनी उनले अनुसन्धान अधिकृतलाई कागजात सहितको खाम दिए।

हरियो रङको झोलाभित्र रहेको पहेँलो खाममा ३१ थान कागजात थिए। त्यसैमा रहेको अर्को खामभित्र एक हजार दरका नेपाली नोट ९६ वटा र ५०० दरका ८ गरी जम्मा एक लाख रूपैयाँ निस्किए।

बिज्ञापन

खाम देखेर अनुसन्धान अधिकृत अचम्भित हुँदै सोधे, के हो यो?

मुद्दा मिलाइदिन तपाईंको लागि नै स्वेच्छाले ल्याएको हो,’ सापकोटाले जवाफ दिए।

अख्तियारमै घुस खुवाउन खोजेको देखिएपछि सापकोटा तत्कालै गिरफ्तारीमा परिहाले।

उनलाई अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट आज (शुक्रबार) नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको केन्द्रीय कार्यालयका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

सापकोटा हाल नुवाकोटको किस्पाङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमा छन्।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

योग्यतम अफिसरहरूले किन दिँदैछन् भटाभट राजीनामा ?

बाढीबाट रसुवा- नुवाकोटका ६ हजार घर परिवार विस्थापित,बगे दर्जनौं सरकारी कार्यालय

स्थानीयका कर्मचारीको भदौं र माघमा सरुवा,पाँच बर्ष पूरा भएकालाई दोहोरो सहमति नचाहिने

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

बिशेष