स्वास्थ्य मन्त्रालय मातहतका उच्च अधिकारीको सरुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहात निकायका केही उच्च कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ ।

बिज्ञापन

लामो समयदेखि व्यवस्थापन महाशाखामा अड्डा जमाएका डा. सुरेन्द्र चौरसियालाई उपचारात्मक महाशाखा पठाइएको छ । चौरसिया उपकरण खरिद विषयमा विवादमा परिरहने व्यक्ति हुन् । व्यवस्थापन महाशाखामा मन्त्रालयको समन्वय महाशाखामा कार्यरत दयाकृष्ण पन्तलाई जिम्मेवारी दिइएको छ ।

बिज्ञापन

ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी हाडर्जोनी विशेषज्ञ डा. बद्री रिजालले पाएका छन् । हाल सेन्टरको नेतृत्व गरेका डा. रुद्र मरासिनीलाई हटाएर डा. रिजाललाई जिम्मेवारी दिइएको हो । यसअघि पनि डा. रिजालले उक्त जिम्मेवारी सम्हालिसकेका छन् । डा. मरासिनीले भने सेन्टरमा विशेषज्ञ चिकित्सकका रुपमा कार्य गर्नेछन् ।

यसैगरी टेकु अस्पतालमा रहेकी रोशनी लक्ष्मी तुईतुईलाई वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख बनाइएको छ । वीर अस्पतालको नर्सिङ क्याम्पसकी बदना थापा टेकु अस्पताल सरुवा भएकी छिन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

योग्यतम अफिसरहरूले किन दिँदैछन् भटाभट राजीनामा ?

बाढीबाट रसुवा- नुवाकोटका ६ हजार घर परिवार विस्थापित,बगे दर्जनौं सरकारी कार्यालय

स्थानीयका कर्मचारीको भदौं र माघमा सरुवा,पाँच बर्ष पूरा भएकालाई दोहोरो सहमति नचाहिने

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

बिशेष