भ्रमण शंकास्पद् देखिएपछि १७ नेपालीलाई अध्यागमनले रोक्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न देश हिंडेका शंकास्पद् १७ यात्रुलाई अध्यागमन कार्यालयले रोकेको छ। रोमानिया र कोस्टारिका हिंडेका उनीहरूको यात्रा शंकास्पद् देखिएपछि अध्यागमन अधिकारीहरूले रोकेका हुन् ।

बिज्ञापन

यात्रुहरूले भ्रमणको उद्देश्य स्पष्ट पार्न सकेनन्। ती यात्रुहरूको यात्रा नै शंकास्पद् देखियो। ‘भ्रमणको उद्देश्य प्रस्ट पार्नुस्’ भन्दा पनि केही बताउन सकेनन्। कतिपयको भ्रमण गर्ने देशको होटेल बुकिङ पनि देखिएन, एक अधिकृतले भनेका छन्। कतिपयले श्रम स्वीकृतिसमेत नलिएको उनको भनाइ छ।रोमानिया हिंडेका १० जना र कोस्टारिका हिंडेका ७ जनालाई रोकेको प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईले बताए ।

बिज्ञापन

कोस्टारिका जानेमा सुस्मिता घर्तीमगर, केसबहादु विक, धनबहादुर राना, सतेन्द्र ढकाल, जितेन्द्र परियार, हिमाल गुरुङ र रमा बहादुर खवास रहेका छन् भने रोमानिया जानेमा सन्दीप विक, सृष्टि सिंह, हरि कँडेल, रोशनी परियार, नवराज डिसी, विकल सुनुवार, प्राप्ती अर्याल, कृष्ण सुवेदी, सुरज पराजुली र रिक कुमार थापा रहेका छन्।

भ्रमणका विषयमा उनीहरूले स्पष्ट जवाफ दिन नसकेपछि रोकिएका हुन् ।अघिल्लो साता उत्तर अमेरिकी देश कोस्टारिकाले ८ जना नेपालीको भिसा रद्द गरिदिएको छ। भिसा रद्द गरिदिएपछि कोस्टारिका पुगेका उनीहरू शनिबार काठमाडौं फर्किएका थिए।

बिज्ञापन

मुलुककै सबैभन्दा बढी व्यस्त हुने ठाउँमध्ये एक हो- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । दैनिक हजारौंको संख्यामा स्वदेशी तथा विदेशीहरुको आरपार भइरहने विमानस्थलमा भीड व्यवस्थापन निकै चुनौतिको विषय पनि हो । पछिल्लो समय अध्यागमनमा क्रमश: सुधार भएको प्रमुख अध्यागमन अधिकृत  भट्टराईले बताए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अशक्तको घरमा प्रजिअ : घरमै नागरिकता पाइन अस्मिताले

लिखतसम्बन्धी कसुरमा कम्युटर अपरेटर पक्राउ

त्रिशूली ३ ए को सुरूङबाट २ जनाको जीवितै उद्धार

योग्यतम अफिसरहरूले किन दिँदैछन् भटाभट राजीनामा ?

बाढीबाट रसुवा- नुवाकोटका ६ हजार घर परिवार विस्थापित,बगे दर्जनौं सरकारी कार्यालय

स्थानीयका कर्मचारीको भदौं र माघमा सरुवा,पाँच बर्ष पूरा भएकालाई दोहोरो सहमति नचाहिने

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

बिशेष