बाइस वर्षमै अधिकृत

बैतडीकी २२ वर्षीया हिमश्वेता भट्ट पहिलो प्रयासमै अधिकृत सातौं तहमा उत्तीर्ण भएकी छन् । बैतडीको दशरथचन्द नगरपालिका-५ स्थायी घर भएकी भट्टले बागमती प्रदेश लोकसेवा आयोगले लिएको कृषि अधिकृत सातौं तहको परीक्षा पास गरेकी हुन् ।

बिज्ञापन

दशरथ चन्द नगरपालिका–५, नौहाट घरभएकी हिमश्वेता विसं २०५८ फागुन १६ गते बुवा थिरेन्द्रचन्द्र भट्ट र आमा गीता भट्टको कोखबाट उनको जन्म भएको हो । भट्टले सानैदेखि महेन्द्रनगरमा मामाघरमा बसेर अध्ययन गरेकी हुन् । उनका बुबा थिरेन्द्र कञ्चनपुरकै बेदकोट नगरपालिकामा निमावि तहका शिक्षक हुन् । आमा गीतादेवी निजी विद्यालयमा पढाउँछिन् । सानैदेखि पढाइमा अब्बल उनी त्रिभुवन विश्वविद्यालयमा कृषि संकायमै स्नातकोत्तर दोस्रो सेमेस्टरमा अध्ययनरत छिन् ।

बिज्ञापन

हमास समूहले इजरायलमा आक्रमण गर्दा सँगै गएका साथीभाइको मृत्यु भएपछि घर फर्किन बाध्य भएकी हिमश्वेताले उक्त त्रासबाट मुक्त भएर लोक सेवामा नाम निकालिन । उनी भन्छिन्, “उच्च शिक्षा अध्ययनसँगै लोक सेवाको पनि अनुभव हुन्छ भनेर दरखास्त दिएकी थिएँ । पहिलो प्रयासमै लोक सेवा पास भइयो । आयोग पास गरेर देशको सेवा गर्ने मौका पाउँदा खुसी लागेको छ ।”

आयोग पास भएपछि उनलाई मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा कृषि अधिकृतमा रुपमा खटाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक समुह निर्माण तालिम सुरु

प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

मन्त्रिको सल्लाहाकार नियुक्ति र राज्यकोषमा दोहन

निजामती नयाँ ऐन, कर्मचारीलाई छैन चैन : दुई सहसचिवले दिए राजीनामा, एक सातामै ४८ कर्मचारी बाहिरिए

नयाँ निजामती ऐनको मस्यौदाले कर्मचारीतन्त्रमा तरंग : छड्के प्रवेशदेखि सामूहिक अवकाशसम्मका प्रस्तावले बढायो बहस

निर्णय गर्दै पछि हट्दै बालेन सरकार

भेप तस्कर बढ्दै, कसले ल्यायो करोडौँको भेप ?

राहदानी छपाइ : अधिकृतदेखि सहसचिवसम्म ११ कर्मचारीविरुद्ध मुद्धा चल्दा अख्तियारले राखेन आरजुको नाम

बिशेष