गॉजा फडानी गर्दा हुने नोक्सानी

१.गरिब नेपालीबाट चुसेको तिरोमध्ये वर्षको रू १ अर्ब गॉजा फाड्न, यसबिरूद्ध जनचेतना जगाउन, जेलमा रहेक ५ हजार गॉजा कसुरका कैदी पाल्ने नाममा खर्च हुन्छ।
२. गॉजाले वायुमण्डलमा भएको ग्रीन हाउस ग्यास कार्बनडाई अक्साईड सोसेर वातावरण स्वच्छ पार्छ र माटो मलिलो बनाउछ।
३. गॉजाको वरिपरि अक्सिजन धेरै हुन्छ त्यसैले वातावरण स्वस्थ बन्छ। हामीले पर्याप्त अक्सिजन पाउछौँ।
४. गॉजाले माटोमा भएको टक्सिनलाई सोसेर माटो र वरिपरिको जललाई स्वच्छ बनाउछ।
५. गॉजा फॉडेर आगो लगाउदा वातावरणमा कार्बन मोनोअक्साईड पुगेर वातावरण प्रदुषित पारिदिन्छ।
६. गॉजाको पात टिपेर चिया खायो भने निरोगी भइन्छ, लागेको ७०% रोग पनि निको पार्छ।
७. सबै गॉजामा नसालु पदार्थ हुदैन, भाले र हेम्पमा नसा हुदैन। यसलाई मास्नु अज्ञानता र पाप हो।
८. गॉजा मास्नु नै छ भने यसको टुप्पा काटेर नष्ट गरे हुन्छ। यसका डॉठ कंक्रिट र रेसा कपडा बनाउन धेरै उपयोगी हुन्छ। डॉठ किन्ने नेपाली क्रेताहरू छन्।
९.गॉजाको बोटलाई माटोमा गाडेमा माटो एकदम मलिलो उर्बर हुन्छ।
१०. गॉजाको वरिपरि हानीकारक ब्याक्टेरिया र भाइरस आउदैन र नजिकको मानव वस्ति र अन्य रूखबिरूवालाई पनि गॉजाले रक्षा गर्छ।
११. गॉजाको बोटले अरू बिरूवालाई हुर्कन कुनै बाधा गर्दैन, अरुको मल पनि त्यति सोस्दैन, आफू मात्र सर्लक्क बढ्छ।
१२. मानव सभ्याताको सुरूवात देखि गॉजा मानवको घनिष्ट मित्र रहदै आएको हो।
१३.पहिलो कपडा र पहिलो कागज गॉजाबाट बनेको हो।
१४. सन् १९९२ मा बैज्ञानिकहरुले पत्ता लगाए- हाम्रो शरीरको सबै प्रणालीहरूलाई सन्तुलन राख्ने प्रणाली (Homeostasis) नै आन्तरिक गॉजा प्रणाली (Endocannabinoid System) हो। गॉजा र प्राणीबीच यति निकटको सम्बन्ध छ।
१५. नेपाल वार्षिक करिब रू २० अर्ब मूल्यको गॉजा फँडानी गरिने अनुमान छ। यो नेपालमा उब्जनी हुने गॉजाको ०.१% पनि हैन।
१६. नेपाली शासक र प्रशासक बहुलाएका छन्, जो नेपालको अतुलनीय बहुमूल्य श्रोत हो, जो घनिष्ट मित्र हो उसलाई नै जानी दुश्मन ठानेको छ। कंगालहरूको कर्म फुटेकै हुन्छ।

बिज्ञापन

( लेखक नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय )

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारी कर्मचारीको २ देखि १० दिनको तलब काटिने, राहतकोषमा ३६ करोड जम्मा हुने

मृत्युलाई जितेर फर्किएका अधिकृतको कहालीलाग्दो अनुभव

बाढीपीडितको उद्धारमा इन्धनको कमान्ड सम्हाल्दै निगमका प्रमुख यादव

दुई नदीको दोभानमा ठूलो ताल निर्माण,तीनदिनभित्र फुट्न सक्ने जोखिम

बाढीको वितण्डा : मृतकको संख्या २८९ पुग्यो

उद्धार- राहतलाई प्रभावकारी बनाउन ८ सहसचिवलाई फरक फरक जिम्मेवारी

बाढीपीडितको उद्धार र राहतमा तत्काल जुट्न घरेलु तथा साना उद्योग महासंघको अपिल

बाढी प्रभावितलाई महालक्ष्मी नगरपालिकाको ३० लाख सहयोग,कर्मचारीको सात दिनको तलब कट्टा

बिशेष