शिक्षणबाट निजामतीतिर सिफ्ट भएका ‘सीपी सर’का सन्तान

निजामती कर्मचारी वृत्तमा कहिलेकाहिँ रमाइला संयोगहरु देखा पर्दछन् । जस्तो :-एकै जिल्लाका ९ जनाले एकै पटक सिडीओ चलाए । यस्तै एउटै जिल्लाको एउटै विद्यालयमा पढेका ६ जना एकै पटक सचिव बनेर मुलुकको कर्मचारी प्रशासन चलाएर केही अघि रेकर्ड बनाए । एकाघरका दाजु र बहिनी एकै पटक सचिव चलाएर अर्काे रेकर्ड राखे । यस्तै एउटै स्कुलमा पढेका, श्रीमान–श्रीमती मात्रै होइन, परिवारै निजामती सेवामा रहेका उदाहरण पनि छन । कुनै परिवारमा सबै दाजुभाइ, कुनैमा सबै दिदीबहिनी लोकसेवामा नाम निकालेर उदाहरणीय बनेका दर्जनौं भेटिन्छन्,८६ हजार निजामतीभित्र ।

बिज्ञापन

यस्तै एउटा उदाहरण हुन,यस्तो कोख (बाबु–आमा) जहाँबाट जन्मिएका ५ सन्तान सरकारी सेवामा । तेह्रथुमको लालीगुराँस नगरपालिका– १ का छत्रपति खनालका सन्तानले हुन यसरी प्रगति गरेका । छत्रपति आफैं सरकारी शिक्षक,उनका पाँचै जना सन्तान ४ निजामतीतिर लागेका छन्,अनि पिताको बीडो थाम्ने (शिक्षण) पेशा अगाल्ने चाहिँ चाहिँ एक छोरी मात्र । छत्रपतिका छोरामात्र होइन बुहारी र ज्वाई पनि सरकारी सेवामै सेवारत छन् । २६ सालदेखि शिक्षण पेशा छत्रपति ‘सीपी सर’ ७० सालसम्म पढाए विद्यार्थीहरु । तिनताक आइएस्सी गरेका विद्यार्थी नै भेटिन्थे कहाँ ? जिल्लामा उनी नाम चलेका आईएस्सी (विज्ञान) शिक्षक । विद्यार्थी,अभिभावक बीच उनको परिचय थियो आइएस्सी सर वा सीपी सर । तिनै सीपीका पाँचै सन्तानले शहरका नाम चलेका कुनै बोर्डिङ्गमा होइन गाउँकै दूरदराजको सामुदायिक विद्यालयमा पढे । तेह्रथुम जिल्लाकै अग्रणी सामुदायिक विद्यालय रत्न मावि सोल्मामा १० सम्म बुबाले नै पढाएको विद्यालयमा पढेका उनी पाँचै सन्तानले । सीपी गुरु यो अस्तित्वबाट बिलाएका एक दशक बितिसकेको छ । बुवाको नामलाई रोशन गर्ने काम गरिरहेका छन् उनका सन्तानले । उनका छोराहरु जेठो वेदनिधि, माइलो पोषण र कान्छो डम्बर,छोरीहरु जेठी सिर्जना र कान्छी सुनिता हुन् । जेठी छोरीबाहेक अरु सबै निजामती सेवामा सेवारत छन् । जेठो छोरा उपसचिव,माइलो अधिकृत छैटौं र कान्छो छोरा अधिकृत तहमा कार्यरत । यस्तै जेठी छोरी सिर्जना भने शिक्षिका,कान्छी छोरी पनि अधिकृत । ज्वाई उद्योग मन्त्रालयका उपसचिव,बुहारी स्टाफ नर्स ।

बिज्ञापन

जेठो छोरा वेदनिधि अहिले रसुवाको जिल्ला प्रशासन कार्यालय नेतृत्व गरिरहेका छन् । यस अघि उनी गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयमा थिए । २०५९ सालअघि वेदनिधि शिक्षण पेशामै थिए । संगत गुणाको फल भनेभैंm त्यस समय शिक्षक सबैभन्दा सम्मानित पेशा थिए । पिताको बीँडो थाम्दै २ बर्ष नीजि स्कूल र ४ बर्ष सरकारी शिक्षक बने । शिक्षकको जागिरभन्दा निजामती सेवामा जानुपर्छ भन्ने पनि लाग्यो । २०५९ नयाँ कोर्स बीबीएस शुरु भएको थियो । अक्सर सानो कुरामा असफलता मिल्दा हामी निराश हुन्छौं र प्रयास गर्न छाडिदिन्छौं तर ललाटमा एकै पटक अधिकृत हुन लेखेको रहेछ र त खरिदार र सुब्बाका लोकसेवा परीक्षामा असफल भए तर पहिलो प्रयासमा अधिकृतको परीक्षामा सफलता मिल्यो । अधिकृत पछि पहिलो पोष्टिङ्ग राष्ट्रिय योजना आयोग हुँदै क्षेत्रीय कार्यालय धनकुटा पुगे । ६० सालदेखि उनी गृह मातहत रहेर कार्य गरिरहेका छन् । ०७१ सालमा उपसचिवमा उक्लिएका उनी यस यता एयरपोर्ट,तेह्रथुमको प्रमुख जिल्ला अधिकारी,राष्ट्रिय आपतकालिन केन्द्रको प्रमुख,सोलुखुम्बु जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँदै सिन्धुपाल्चोक जिल्लाको सिडिओ चलाए । चार महिना बीरगञ्जका सहायक सिडियो चलाएका खनाल त्यसपछि नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा उनको सचिवालयबाट रसुवाको प्रमुख जिल्ला अधिकारीको कुर्सीमा छन्,विगत ९ महिनादेखि ।

प्रमुख जिल्ला अधिकारीको रुपमा यो उनको चौथो जिल्ला कमाण्ड गर्दैछन्,संघीयता पछि सिडियोको अधिकार कटौतीमा परेको छ । मुलुक संघीयतामा जानुपूर्व सिडिओको रबाफ बेग्लै थियो । ७२ मुलुक मुलुक संघीयतामा गयो । परिणामत प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी र भूमिकाहरु साँघुरो हुन पुग्यो ।कुनै समयका शक्तिशालीका साथैं सान र मान बोकेका प्रमुख जिल्ला अधिकारीहरु अहिले जिल्लामा शान्ति सु- व्यवस्था र सुरक्षा कायम राख्ने र जिल्लाभित्र सरकार, नगरपालिका वा गाउँपालिकाले सञ्चालन गरेको विकास कार्यमा सहयोग गर्ने र नागरिकता र राहदानी बाड्ने जिम्मेवारीमा संकुचित हुन पुगेका छन् । अर्काेतिर मर्यादाक्रममा समेत प्रमुख जिल्ला अधिकारीहरुलाई पुच्छरतिर पु¥याइएसँगै उनीहरुको भूमिका झनै संकुचित हुन पुगेको बताउँछन् । सम्झन्छन्,०७४ सालमा तेह्रथुमको प्रमुख जिल्ला अधिकारी हुँदा एउटै पत्रले ठेक्कापट्टा बदर हुन्थ्यो,अहिले सिडियोलाई कस्ले टेर्ने ?

बिज्ञापन

माइला भाई पोषणले ५५ सालमै आइएस्सी पार लगाउने वित्तिकै बुवाको बीडो समाउन आइपुगे । उनले ६५ सालसम्म विभिन्न दर्जन स्कूलमा पढाए । जसमध्ये तीन बर्ष सरकारी स्कूलको शिक्षक भएका तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको कालिका आधारभूत विद्यालयमा र भोजपुरको प्याउली माध्यमिक विद्यालयमा उनले शिक्षण पेसामा हुँदा धेरै समय बिताए । १० वर्षसम्म शिक्षक सेवा आयोग नखुलेपछि उनले लोकसेवा आयोगमा भिड्ने निधो गरे । पोषण ६६ सालमा निजामती सेवातिर सिफ्ट भए । २ वर्ष खरिदार भएर गाविस सचिव बनेका उनीसँग १० वटा पालिकाको वडा सचिव भएर चलाएको अनुभव बटुले । २०६७ सालमा एकै आर्थिक वर्षमा ८ वटा पालिकाको नगर सभा पनि गराएका थिए । ६८ लेखापालका रुपमा धनकुटा पुगेका उनी समायोजन पछि अहिले अधिकृत छैटौंको रुपमा कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालय मोरङमा लेखा अधिकृतमा कार्यरत छन् ।

यस्तै कान्छो भाई डम्बर पनि संघको सडक लेखा अधिकृतको रुपमा कार्यरत छन् । उनी आठ बर्षदेखि सरकारी सेवामा सेवारत छन् । डम्बरको श्रीमती स्टाफ नर्सका रुपमा त्रिवि शिक्षण अस्पतालमा कार्यरत छिन् । यस्तै कान्छी बहिनी सुनिता अर्थ मन्त्रालय मातहत कार्यरत छिन् । सुनिता अहिले धुलिखेलको आन्तरिक राजश्व कार्यालयमा अधिकृत पदमा सेवारत छिन् । कान्छी सुनिताले भने एमबीबीएस पढ्दापढ्दै निजामतीमा नाम निकालेकी हुन् । यस्तै सुनिताका श्रीमान् घनश्याम सुवेदी उद्योग मन्त्रालयमा उपसचिवका रुपमा कार्यरत छन् । सुवेदी इन्जिनियरिङ पृष्टभूमिबाट निजामती सेवामा पाइला राखेका हुन ।

उसो त यसरी सपरिवारै निजामती वा सरकारी सेवामा भएको यो एक्लो परिवार होइन निजामतीमा खोज्ने हो भने यस्ता दर्जनौं परिवार भेटिन्छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारले गर्‍यो ११ सहसचिवको सरुवा (सूचीसहित)

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक आह्वान

दोहोरो सुविधा नियन्त्रणमा सरकार कडा: पूर्वविशिष्टका सवारी विवरण आजै बुझाउन निर्देशन

हरित वित्त: विकास र प्रकृतिबीचको सन्तुलन

एनटीएनसीमा अटेर कर्मचारीको हालीमुहाली, कोही सरुवा नटेर्ने त कोही गाडी दुरुपयोगमै मस्त

कर्मचारीहरूको गाडी थुत्ने: मन्त्रीका स्वकीय गाडीमा राज गर्ने

सचिव सिग्देल र मन्त्रीको सल्लाहकारको गठबन्धन: नियुक्तिमा चलखेल गर्दै

आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई

बिशेष