सार्वजनिक प्रशासनमा भावनात्मक बौद्धिकताको प्रयोग 

 

बिज्ञापन

भावनात्मक ज्ञान अरू केही हैन, आफ्नो र अरूको भाव बुझ्न सक्ने कलामात्र हो । जीवनमा सकारात्मक रही परिवर्तनलाई स्वीकार गर्न सक्नुपर्छ । परिवर्तनलाई सहज स्वीकार गर्न सक्ने व्यक्ति जुनसुकै परिस्थितिमा पनि धैर्यवान् र शान्त रहिरहन्छन् । शान्तिको अवस्थामा रिस आउँदैन र अनर्गल वाणी बोल्नबाट बचिन्छ । रिसको बेला मौन बस्न सके रिसको प्रभाव स्वतः धेरै न्यून हुन जान्छ । धेरै खुसी भएका बेला र धेरै निराश भएको बेला भावनामा नियन्त्रण गर्न सक्नु भनी सिकाउँछ भावनात्मक व्यवस्थापनले ।सबै गलत क्रियाकलापको पछाडि आफूमा भएको संवेगलाई नियन्त्रण गर्न नसक्नु नै हो ।सबै किसिमका संवेगलाई नियन्त्रण गर्न सक्नु, यसलाई सदुपयोग गर्न सक्नु ठूलो सिप र क्षमता हो । यही क्षमताले व्यक्तिलाई सफलताको चुलीमा पुर्याउछ । मनोविज्ञानको भाषामा भन्नुपर्दा सुख, दुःख, हाँसो, रोदनआदि संवेग हुन् । यी कुरालाई मानिसले अनुभूति गर्न मात्र सक्छ । सुखको पनि अनुभूति मात्र गर्न सकिन्छ । सुखको अनुभूति गर्न सक्ने मान्छे मात्र जीवनमा हरदम सुखी हुन्छन् । विभिन्न कुराले व्यक्तिलाई उत्तेजित गरेपछि मानिसमा यस्ता संवेगहरु जन्मिनछन् ।

बिज्ञापन

भावनात्मक बौद्धिकताले कुनै व्यक्तिको आफ्ना भावनाहरू व्यवस्थापन गर्न सक्ने योग्यतालाई दर्साउँछ । यस प्रकारको योग्यताले हाम्रो दैनिक जीवनमा सम्बन्धहरू कतिको राम्रा र बलिया छन् भनी दर्साउँछ । प्रसिद्ध मनोवैज्ञानिक र शोधकर्ता डानियल गोलमैनले भावनात्मक बौद्धिकतालाई आफ्नै अध्ययन र अनुसन्धानका आधारमा पृथक् दृष्टिकोणका साथ समाजमा उतारेका थिए ।सम्बन्धमा भावनात्मक बुद्धिमता प्रदर्शित हुने मुख्य–मुख्य क्षेत्रहरूमा हाम्रो मानसिक शान्ति, आत्मविश्वास, घरपरिवार, नातेदार तथा जागिर, व्यवसाय, छिमेक र समाज हुन् ।

माया, प्रेम, सुःख, आनन्द सकारात्मक किसिमका संवेग हुन्, भने दुःख, चिन्ता, पीर, रिस, डाहा, इस्र्याजस्ताजस्ता नकारात्मक संवेग हुन् । व्यक्ति खुसी भएको अवस्थामा मस्तिष्कबाट अक्सिटोसिन, डोपामिनजस्ता खुसी दिने हार्मोनको सक्रियता बढ्छ । जसले व्यक्तिको सोच, विचार तथा भावनामा सकारात्मक प्रभाव पार्छ । जसले व्यक्तिको सकारात्मक संवेग पैदा हुन्छ । त्यसैगरी रिस, लोभ, डाहाजस्ता नकारात्मक संवेगको पैदा भएको अवस्थामा मस्तिष्कबाट तनाव उत्पन्न हुने हार्मोनको सक्रियता बढ्छ । जसले व्यक्तिलाई तनावको स्थितिमा पु¥याउँछ । भावनात्मक क्षमताको ज्ञान भएका व्यक्तिले सकारात्मक तथा नकारात्मक संवेगलाई व्यवस्थापन गर्न मद्दत गर्छ । आफ्नो भावना, भावनात्मक अवस्थालाई बुझेपछि आफूले आफैँलाई ढाडस दिने, आफूले आफैँलाई उत्प्रेरित गर्न सकिन्छ । सकारात्मक सोच राखी उत्प्रेरित भएको अवस्थामा सफलता प्राप्त गर्न सकिन्छ ।

बिज्ञापन

 

अरूको मनस्थिति, भावना बुझेर व्यवहार गर्दा सम्बन्ध राम्रो बन्छ । भावनात्मक बुद्धि एवं बलियो हुन्छ । अरूलाई बुझ्न सक्दा नै उनीहरुको सफलता, असफलता, हाँसो, खुशी, दुःखमा साथ दिन सकिन्छ । भावनात्मक बुद्धिले व्यक्तिले प्रदर्शन गरेका सकारात्मक एवं नकारात्मक संवेगलाई व्यवस्थापन गर्न मद्दत गर्दछ । आफ्नो भावना, आफ्नो भावनात्मक अवस्थालाई बुझेपछि आफूले आफैँलाई ढाड्स दिने, आफूले आफूलाई उत्प्रेरित गर्न सकिन्छ । आफू भित्रबाट उत्प्रेरित, अभिप्ररित हुन सक्दा मात्र जीवनमा सफलता हात लाग्छ । आफ्नो भावनालाई चिन्न नसक्दा जीवनमा कहिल्यै सन्तुष्टि मिल्दैन । आफ्नो संवेगलाई बुझ्न सक्दा व्यक्तिमा हौसला, उत्साह, समर्पण जागेर आउँछ ।

भावनात्मक बौद्धिकतामा सक्षम हुनका लागि व्यवहारगत रुपमा शारीरिक र मानसिक तवरले सुदृढ र जागरुक हुनु नितान्त आवश्यक छ । यसको पहिलो चरण नै आफूमा लगानी गरेर वा भनौं आफूलाई समय दिन थालेपछि सुरु हुन्छ । यसका लागि प्रत्येक दिन व्यायाम र ध्यान आवश्यक छ ।चिकित्सा विज्ञानले समेत नियमित व्यायाम शरीरका लागि र नियमित ध्यान एकाग्रता र तनावमुक्त मस्तिष्कको महत्वपूर्ण हो भनी घोषणा गरिसकेको अवस्था छ । एउटा स्वस्थ शरीरमै स्वस्थ मन र मस्तिष्कको बास हुन्छ । कम्तीमा आधा घण्टा भए पनि प्रत्येक दिन केवल आफूलाई एकान्तमा समय दिने बानी बसाल्नुपर्छ । आफूलाई बुझ्न सकेको व्यक्ति खुस र प्रसन्नचित्त हुन्छन्, नत्र मान्छेकै भीडमा मान्छेले एक्लै महसुस गरेको पनि खुब सुनिन्छ ।यस अन्तरालमा खालि आफ्नोबारे चिन्तन गर्न सक्नुपर्छ । आफ्ना गुण–अवगुण, सबल र कमजोर पक्ष सब नियाल्दै त्यसलाई सुधार गर्नेतिर अग्रसर हुन सक्नुपर्छ ।सकेसम्म सामाजिक सञ्जाल जस्तै ः फेसबुक, ट्विटर, युट्युब, टिकटक आदि कम प्रयोग गरी आफ्नो वृत्तिविकासमा आफूलाई व्यस्त राखिराख्नु उपयुक्त हुन्छ ।

कामको समय कुनै पनि नकारात्मक विचार, जसले हाम्रो कार्यमा मनोबल घटाउने काम गर्छ उक्त विचारबाट टाढा बस्नुपर्छ । कुनै काम, परिस्थितिमा अट्किएको बेला छोड्ने बहाना नगरी अगाडि बढ्दै जानुपर्छ । हामी जसरी अगाडि बढ्दै जान्छौं, काममा वा परिस्थितिमा निर्णायक समाधान स्पष्ट हुँदै जान्छ । हाम्रो लागि हामीलाई हौसला दिने, मनोबल बढाउने साथी हामी स्वयं नै हो । हाम्रो लागि सर्वश्रेष्ठ मोटिभेसनल स्पिकर हामी स्वयं हुन सक्नुपर्छ ।यक्तिले अभिव्यक्त गर्ने भावनात्मक प्रस्तुति संवेगिक क्षमता तथा विवेक हो । यो भावनात्मकतासँग सम्बन्धित हुन्छ । संवेग व्यक्तिको अद्वितीय क्षमता हो । संवेगले व्यक्तिको कार्यक्षमता, कार्यशैली र उपलब्धिलाई प्रत्यक्ष असर पु¥याउँछ । व्यक्तिको सफलता, सुखी र सुखमयजीवनलाई संवेगले निर्धारण गर्छ ।

सकारात्मक सन्देशले जीवनमा सफलता मिल्छ भने नकारत्मक संवेगले पीडाको स्थिति सृजित हुन्छ ।कतिपय मानसिक रोग लागेका व्यक्तिले संवेगलाई नियन्त्रण गर्न मुस्किल पर्छ । मेनियाको समस्या भएको व्यक्ति चाँडै उत्तेजित हुने भएकाले यस्तो व्यक्तिलाई आफ्नो संवेग नियन्त्रण गर्न कठिन हुन्छ । सिजोफेनिया जस्तो कडा किसिमको मानसिक रोग लागेका व्यक्तिमा पनि सोच, विचार तथा भावनाको सन्तुलन गर्न कठिन हुन्छ । त्यसैगरि व्यक्तित्वसम्बन्धी समस्या भएका व्यक्तिमा पनि आफ्नो भावनालाई सन्तुलित राख्न मुस्किल पर्छ । ‘बोर्डरलाइन पर्सनालिटी डिसअर्डर जस्तो व्यक्तित्वसम्बन्धी मानसिक समस्या भएका व्यक्तिको भावनाको उतारचढाव हुन्छ । जसले व्यक्तिलाई आवेगात्मक स्थितिमा पु¥याउँछ । हिस्टोनिक, इमोस्नली अन्स्टेबलका कारण पनि समस्या उत्पन्न हुन्छ । यस्तो अवस्थामा उपचार विधि अपनाउनुपर्छ । यस्तो भावनात्मक उतारचढावका कारणले गर्दा आफ्नो दैनिक जीवनमा असर गर्ने, सम्बन्ध बिग्रनेजस्ता समस्या भएको अवस्थामा मानसिक रोगको रुपमा बुझेर उपचार विधि अपनाउनुपर्छ ।

आफैँले आफ्नो भावना तथा संवेगको मूल्यांकन गर्न सक्नुपर्छ । आफ्नो संवेगको मूल्यांकन गर्न सकेको खण्डमा व्यक्तिलाई सन्तुष्टि मिल्छ । तर आफ्नै भावना चिन्न नसक्दा व्यक्तिलाई दुखःमा पर्दछ । यसमा व्यक्ति सचेत हुन आवश्यक देखिन्छ । आफ्नो संवेग बुझेको खण्डमा व्यक्तिमा हौसला, उत्साह, समर्पण भाव जाग्छ । जसले व्यक्तिलाई सकारात्मकताको बाटोमा डो¥याउँछ ।व्यक्तिले आफूमा भएका संवेगप्रति सचेत भएर त्यसको सही रूपमा व्यवस्थापन गर्न नसकेको अवस्थामा समस्या निम्तिने जोखिम हुन्छ । सकारात्मक किसिमको संवेगले व्यक्तिको मन शान्त तथा आनन्दित हुन्छ । सकारात्मक संवेगको सोचले व्यक्तिको शारीरिक तथा मानसिक अवस्था पनि तनावरहीत हुने भएकाले व्यक्ति शारीरिक तथा मानसिकरुपमा ऊर्जावान् हुन्छ । जसका कारण व्यक्तिको तिक्ष्ण क्षमताको वृद्धि हुन्छ । संवेग सकारात्मक तथा नकारात्मक दुवै विषयसँग सम्बन्धित हुन्छ, भने आवेग नकारात्मकतासँग सम्बन्धित हुन्छ ।

रिस, चिन्ता, इष्र्या, डाहाजस्ता संवेगलाई सहीरूपमा चिन्न र समाधान गर्न नसकिएको अवस्थामा व्यक्तिको भावनात्मक मात्रै हैन शारीरिक क्षमतामा पनि असर पुग्ने जोखिम हुन्छ । व्यक्तिको सुखद् जीवनका लागि डर, ईष्र्या, घृणा, क्रोधजस्ता नकारात्मक संवेगलाई नियन्त्रण गरेर दया, माया, प्रेम, सद्भाव सहयोगजस्ता सकारात्मक संवेगको वेगलाई बढाउन आवश्यक हुन्छ । व्यक्तिको बौद्धिक क्षमता, विवेक, चेतनाजस्ता विषयलाई जाँच्ने कसी भनेको व्यक्तिको भावनात्मक बौद्धिकता नै हो । व्यक्ति मानसिक रूपमा जतिसुकै बौद्धिक भए पनि त्यस्तो बौद्धिक क्षमतालाई स्वस्थ ढंगले व्यवहारमा अभिव्यक्त गर्न नसकेको अवस्थामा व्यक्तिमा नकारात्मक भावनाको पैदा भई तनावको स्तिथि सृजना हुन्छ ।े व्यक्तिले सकारात्मक संवेगलाई व्यवहारमा उतार्न उतिकै आवश्यक देखिन्छ ।दुःख, सुखमा नआत्तिनु संवेगलाई नियन्त्रण गर्ने क्षमता हो । संवेगलाई नियन्त्रण गर्न सक्ने क्षमता भएका व्यक्तिलाई कुशल र बौद्धिक क्षमता भएका व्यक्तिका रुपमा चिनिन्छ । यसको विपरीत व्यक्तिको मस्तिष्कबाट उत्पन्न हुने संवेगलाई नियन्त्रण गर्न नसकी झट्ट रिसाइहाल्ने, रिसले चुर हुने व्यक्ति समाजबाट समेत तिरस्कृत हुनुपर्ने अवस्था उत्पन्न हुन्छ । संवेग नियन्त्रण गर्न नसक्दा समाज मात्रै हैन पारिवारिक कलहको अवस्था पनि सृजना हुन्छ ।संवेगलाई नियन्त्रण गर्न नसकेको अवस्था युगल जोडीबीच मनमुटाव भई सम्बन्ध विच्छेदको जोखिम हुन्छ ।संवेग नियन्त्रण गर्न जान्नु जीवनको ओखती बन्छ । संवेगलाई नियन्त्रण गर्न नसक्दा समाजमा हत्या, हिंसा, लडाइँ झै–झगडा कुटपिटजस्ता घटना घट्ने जोखिम हुन्छ । आफ्नो संवेगलाई नियन्त्रण गर्न नसक्दा व्यक्तिले आफ्नो जीवनमा धेरै दुःख, आरोप, प्रत्यारोप, घृणा र तिरस्कार भोग्नुपर्ने अवस्था हुन्छ ।

संवेगलाई नियन्त्रण गरी इश्र्या तथा आवेगलाई नियन्त्रण गर्न सकेको खण्डमा त्यसले जीवनमा सकारात्मक परिणाम नै ल्याउँन सक्दछ । संवेगलाई व्यवस्थापन र सदुपयोग गर्न जान्दा यसबाट ठूलाठूला उपलब्धि हासिल गर्न सकिन्छ । संवेग उत्पन्न गराउन सक्ने घटना र परिस्थितिलाई शान्त, सूक्ष्म अवलोकन तथा मूल्यांकन गरी संवेगहरुको प्रकृति तथा स्वरूपका बारेमा सचेत हुन आवश्यक छ ।संवेगलाई नियन्त्रण गर्न नसक्नु मानसिक अस्वस्थताको संकेत हो । व्यक्तिले संवेगलाई नियन्त्रण गर्न नसक्दा गलत क्रियाकलाप गर्न पुग्छ । लोभ, लालच, चाँडै धनी हुने लालसाका कारण व्यक्तिले चोरी गर्न पुग्छ । त्यसैगरी व्यक्तिले आफूले भनेजस्तो नभएको अवस्थामा अन्य व्यक्तिलाई गाली गर्ने झगडा गर्नेजस्ता व्यवहार देखाउँछ ।

संवेगलाई नियन्त्रण गर्न नसकेको खण्डमा काम बिग्रँदा, दुःख पर्दा व्यक्ति निराश भएर मद्यपान तथा धूमपानको लतमा फस्ने जोखिम हुन्छ ।संवेगहरुलाई नियन्त्रण गर्न नसक्ने, क्षणमै रुने, क्षणमै हाँस्ने व्यक्ति कहिल्यै सुखी हुन सक्दैन । संवेगलाई नियन्त्रण गर्न सक्ने व्यक्तिलाई मात्र परिपक्व मानिन्छ । परिपक्व मानिस मात्र सुखी हुन सक्छ । सुखमा नमात्तिनु, दुःखमा नआत्तिनु संवेग नियन्त्रण गर्ने उपाय हो । ध्यान, तपस्याले पनि मन शान्त हुने भएकाले ध्यान नियमित गर्नु आवश्यक हुन्छ । चेतनशील तथा विवेकशील व्यक्तिले संवेगलाई नियन्त्रण गर्न सक्छ ।

सुख, हाँसो, खुसी भावनासँग सम्बन्धित विषय हुन् । धन, सम्पत्ति हुँदैमा खुसी प्राप्त गर्न सकिन्छ नै भन्ने हुन्न । सधैँ सुखी भएर बाँच्न सक्नु पनि संवेग नियन्त्रणको एउटा राम्रो कला हो । त्यो व्यक्ति मात्र जीवनमा सुखी हुन्छ, जसमा मनोवैज्ञानिक तरिकाले बाँच्ने उच्च कला रहेको हुन्छ ।भावनात्मक रूपमा दक्ष व्यक्तिले अरूको भावना बुझ्ने प्रयास हरदम गरिरहेको हुन्छ । अरूलाई धेरै सुन्ने र आफू सकेसम्म कम बोल्ने प्रयास गर्नुपर्छ । यसले अरूको भावना बुझ्न वा भनौं अरूलाई बुझ्न धेरै सहयोग गर्छ । हामी जति धेरै कम बोल्छौँ, गल्ती बोल्ने सम्भावना पनि उत्तिकै कम हुन्छ र जति कम गलत बौल्छौँ, उति कम समस्यामा फस्छौँ । धेरै सुन्ने बानी बसाल्नुपर्छ । शान्त चित्त र आत्मविश्वासका लागि कम बोल्नुलाई धेरै महत्त्व दिइएको पाइन्छ ।

अरूलाई सुन्ने कला विकसित गर्न सक्नुपर्छ । सहज भावले अरूलाई सम्मान दिनुुस्, तिनलाई राम्रो लाग्छ । यसले राम्रो सम्बन्ध निर्माण हुन सहायता गर्छ । परिवारलाई समय दिन सक्नुपर्छ । हामीले अहोरात्र गरिराख्ने संघर्ष, परिश्रम अन्ततः परिवारकै लागि हो । नकारात्मक संवेगलाई नियन्त्रण गरेको खण्डमा व्यक्तिले विपक्षी तथा विरोधीका आरोप तथा आलोचना पनि धैर्य भएर ग्रहण गर्न सक्छ । यस्ता व्यक्ति शालिन पनि हुन्छन् । तर संवेगलाई नियन्त्रण गर्न नसक्दा व्यक्तिले झट्ट प्रतिक्रिया जनाउँछ, यसले कलहको स्थिति सृजना हुन्छ । आफू बाहेकका व्यक्तिकोे मानसिक अवस्थालाई बुझ्न सक्नु ठूलो उपलब्धि हो । कुनै पनि पेशा–व्यवसाय गर्ने व्यक्तिले अन्य व्यक्तिको भावना तथा संवेगलाई बुझेर व्यवहार गर्न सके व्यक्ति पेशा तथा व्यवसायमा सफल हुन सहयोग मिल्छ ।आफ्नो मात्रै हैन अन्य व्यक्तिको रुचि, इच्छा, भावनात्मक अवस्था, मुडलाई चिन्न र त्यसअनुरूप व्यवहार गर्न सकेको अवस्थामा सफल हुन सकिन्छ । तर संवेगलाई नियन्त्रण गर्न नसकेको अवस्थामा असमझदारी, कलह, वैमनस्यता नै हात लाग्छ ।

अन्त्यमा,भावनात्मक बौद्धिकताको असल प्रयोगले मानवीय मूल्य, इमान्दारिता, नैतिक दर्शन, नैतिक मूल्य मान्यता, पूर्वीय दर्शन, अध्यात्मवाद, कार्य संस्कृति, कमजोर वर्गप्रति समानुभूति र सहयोगी व्यवहारले सार्वजनिक प्रशासनलाई जवाफदेहि वनाउन सकिन्छ । अर्थपूर्ण जीवन जिउने र सार्थक परिणामका लागि अध्यात्मवादको मार्ग अनुसरण गर्नु पर्दछ ।यसका लागि भावनात्मक बौद्धिकताको उच्च प्रयोग गर्नु पर्दछ। मानवीय, नैतिक, व्यावसायिक, लोकतान्त्रिक मूल्यहरुको प्रवर्धन गर्दै कानुनी शासन स्थापना गर्न सकेमा हरेक नेपालीले सुशासनको अनुभूति गर्न सक्नेछन् । सर्वजनिक प्रशासनलाई सक्षम, निष्पक्ष, जवाफदेहि, पारदर्शी, नतिजामुलक वनाउन नैतिक, सामाजिक, आध्यात्मिक, मानवीय र नैतिक मूल्यको कार्यान्वयन गरी मुलुकलाई दिगो शान्ति, सामाजिक न्याय र समृद्धितर्फ लम्काउन भावनात्मक बौद्धिकताको कुशल र प्रभावकारी प्रयोग गर्न आवश्यक रहेको छ ।(उप्रेती नेपाल सरकारका उपसचिव हुन।)

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बिशेष