कर्मचारीप्रति शिक्षामन्त्री असन्तुष्ट, शिक्षामन्त्रीप्रति कर्मचारी आक्रोशित

पछिल्लो समय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको काम गराइप्रति कर्मचारीहरू आक्रोशित बन्दै गइरहेका छन् ।

बिज्ञापन

शिक्षामन्त्री श्रेष्ठको काम गर्ने शैलीप्रति कर्मचारीहरु आजित छन् । उनीहरुले मन्त्रीको कुराकाटेरै दिन बिताउने गरेका छन् । सदरका लागि टिप्पणी लिएर जाने कर्मचारीलाई ठाडै हप्काउने गरेपछि अचेल कर्मचारी उनका सामु पर्न निकै अप्ठेरो महसुस गर्ने गरेका छन् ।

बिज्ञापन

शिक्षामन्त्री श्रेष्ठले एक महिनाको अवधिमा तीन जना सहसचिवलाई मन्त्रालयबाट हटाइसकेका छन् भने निजी सचिवलाई पनि अन्यत्र हुत्याइदिएकी छिन् ।सुरुमा शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटालाई सानोठिमीस्थित शिक्षक सेवा आयोगमा पुर्याएर आयोगबाट डा. कमलप्रसाद पोखरेललाई मन्त्रालयमा ल्याइएको थियो ।

यसबीचमा मन्त्रालयका सहसचिव इमनारायण श्रेष्ठलाई पाठ्यक्रम विकास केन्द्रमा पठाएर केन्द्रमा रहेका सहसचिव बैकुण्ठ अर्याललाई मन्त्रालयमा तानिएको छ । सहसचिव श्रेष्ठलाई काममा सुस्त भएको आरोप शिक्षामन्त्री श्रेष्ठको छ ।

बिज्ञापन

त्यस्तै प्रशासन महाशाखाका सहसचिव कालीप्रसाद पराजुलीलाई पनि हटाइदिएकी छिन् । उनलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ भने लुम्बिनी प्रदेशबाट सहसचिव सुमन घिमिरेलाई ल्याई मन्त्रालयको प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ ।

त्यस्तै मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईलाई उच्च शिक्षा महाशाखाबाट परिवर्तन गरी प्राविधिक शिक्षा महाशाखामा लगिएको छ । शिक्षामन्त्री श्रेष्ठले सहसचिव भट्टराईलाई पनि उच्च शिक्षा महाशाखा सम्हाल्न नसकेको आरोपमा अर्काे महाशाखामा लगेकी हुन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष