प्रयोगात्मक परीक्षामा चोरी र नविकरण नभएका गाडी :-कारवाही गर्न गृहलाई पत्राचार

अधिकांश ट्रयाल सेन्टरहरुमा प्रयोगात्मक परीक्षा लिँइदा चोरीको गाडी प्रयोग हुने गरेको पाइएको छ । सतर्कता केन्द्रले यसरी चोरीका सवारी साधन प्रयोग गरेर प्रयोगात्मक परीक्षा लिने ट्रायल सेन्टरहरुलाई कारवाहीका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

राष्ट्रिय सर्तकता केन्द्रमा काठमांडौं उपत्यका लगायत अन्य स्थानमा संचालित यातायात व्यवस्था कार्यालयहरुको सवारी चालक अनुमती पत्रको लागि प्रयोगात्मक परीक्षा लिने ट्रायल सेन्टरले यातायात व्यवस्था कार्यालयमा दर्ता तथा नविरकण नभएका तथा चोरीका गाडीहरु प्रयोग भईरहेको, दर्ता भएका गाडीहरुले समेत तिर्नुपर्ने कर नतिरी संचालन भएका, यातायात तथा ट्राफिक प्रहरीहरुलाई समेत उक्त कुरा थाहा भए पनि रकम लेनदेन गरेको, प्रयोग हुने सवारी साधनहरु कन्डिसनमा नहुने र प्रयोगात्मक परीक्षामा धेरै परीक्षार्थी फेल हुने गरेको उजुरी आउनेक्रम बढेको भन्दै केन्द्रले यस बिषयमा छानबिन गर्ने गृह मन्त्रालयलाई पत्र लेखेको हो ।

बिज्ञापन

काठमाडौं उपत्याकाभित्र यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, राधेराधे भक्तपुर, काठमाडौंको ठूलोभऱ्याङ र चाबहिल रहेका छन् । यी कार्यालयहरुमा प्रदेश सरकारले भाडामा लिएर ट्रायल परीक्षा चलाइरहेको इजी वे ट्रायल सेन्टर राधेराधे भक्तपुर, बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल भक्तपुर, भेहिकल एकेडेमी तथा रिसर्च सेन्टर प्राली गुर्जुधारा, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि गोकर्णेश्वर, सुजुकी ड्राइभिङ स्कुल प्रालि एकान्तकुना, सिटी ड्राइभिङ प्रशिक्षण केन्द्रहरु सञ्चालनमा छन् ।

यी केन्द्र मध्ये अधिकांश ट्रयाल सेन्टरमा प्रयोग भएका सवारी साधनहरुको नियमानुसार दर्ता, नविकरण गराएको वा नगराएको, जाँच पास गराएको नगराएको र गाडिहरु तथा गाडिमा प्रयोग भएका ईन्जिन चेसिस आदि बैध, अबैध के कुन अवस्थामा रहेका छन् आदि विषयमा छानबिन, अनुसन्धान गरी अबैध कार्य गरेको भए नियमानुसार कारवाही समेत गर्ने केन्द्रले गृहलाई पत्र लेखेको छ ।

बिज्ञापन

यता,सवारी चालक अनुमतिपत्र अर्थात् ड्राइभिङ लाइसेन्सको प्रयोगात्मक परीक्षा लिन अधिकांश ट्रायल सेन्टरहरू नियमविपरीत चलेको,मनोमानी शुल्क लिने र मापदण्ड पनि नमान्ने गरेको भन्दै सतर्कता केन्द्रले सरकारी निकायलाई नै कारबाहीको निर्देशन दिएसँगै कारवाहीको डरले ट्रयाल सेन्टरहरुले ट्रायल लिने काम नै ठप्प पारेका छन् ।

ट्रायल सेन्टरको ब्रह्मलुट,हाकिमहरुलाई कति पुग्छ घुस ?

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुकुम्बासी राजनीतिले काठमाडौँ कुरूप बन्यो : पूर्वसचिव भीम उपाध्याय

स्थानीय तह जान अटेरी गर्ने कर्मचारीमाथि कडा कदम, मन्त्री रावलको निर्देशनपछि यी उपसचिवमाथि कारबाहीको सिफारिस

संघीय निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीको प्रयासप्रति कर्मचारी संगठनहरुको आपत्ति

सुधारका फाइल थन्किँदा वैदेशिक रोजगार क्षेत्र अस्तव्यस्त : सचिव काफ्ले आलोचनामा

उत्कृष्टको सम्मान पाएका प्रहरी घुससहित पक्राउ

नैतिकता र डिजिटल अस्तित्वको द्वन्द्व   

सिष्टम होइन अनुहार हेरेर सहसचिवको सरुवा

बालेन सरकारसँग डराएनन् कर्मचारी : महिना दिनमै १० रंगेहात पक्राउ

बिशेष