१ लाख घुस मुद्धामा अख्तियारको जित :-सर्भेक्षक र लेखापढी व्यवसायी भ्रष्टाचारी ठहर

अर्बाै,करोडौंको भ्रष्टाचार मुद्धामा हार खाँदै र विशेषबाट उल्टदै आएकोमा एक लाखको घुस मुद्धामा अख्तियारले जित हासिल गरेको छ ।

बिज्ञापन

एक लाख घुससहित पक्राउ परेका मालपोतका कर्मचारीलाई विशेष अदालतले भ्रष्टचारी ठहर गरेको छ । गत फागुन २१ गते अख्तियारले नापी कार्यालय, कलंकी काठमाडौंमा कार्यरत सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी काम गर्ने नेत्र बहादुर पोखरेलविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेकोमा दुई महिनामै विशेषले फैसला सुनाएको हो ।

बिज्ञापन

जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस मागिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले सर्भेक्षक चौलागाई र लेखापढी काम गर्ने पोखरेललाई एक लाख रुपैयाँसहित नियन्त्रणमा लिएर मुद्धा चलाएको थियो ।

अनुसन्धानको सिलसिलामा लेखापढी काम गर्ने पोखरेलले जग्गा हालसाविक एवं कित्ताकाटसमेत गरी जग्गाधनी पूर्जा उपलब्ध गराउनको लागि सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको र सो रकममध्ये सर्भेक्षक चौलागाईले जग्गा हालसाविकको काम गरिदिएवापत ५० हजार रुपैयाँ लिएको देखिएको भन्दै अख्तियारले लेखापढी व्यवसायी पोखरेललाई एक लाख रुपैयाँ बिगो र बिगो बमोजिम जरिवाना तथा सर्भेक्षक चौलागाईलाई ५० हजार रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबीसहित मुद्दा दायर गरेको यिो । सो प्रकरणमा विशेषले चौलागाई र लेखापढी व्यवसायी नेत्रबहादुर पोखरेललाई दोषी ठहर गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अध्यादेश ल्याउँदै सरकार

अपरान्ह मन्त्रिपरिषद्को बैठक,अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाइने तयारी

सुकुम्बासी राजनीतिले काठमाडौँ कुरूप बन्यो : पूर्वसचिव भीम उपाध्याय

स्थानीय तह जान अटेरी गर्ने कर्मचारीमाथि कडा कदम, मन्त्री रावलको निर्देशनपछि यी उपसचिवमाथि कारबाहीको सिफारिस

संघीय निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीको प्रयासप्रति कर्मचारी संगठनहरुको आपत्ति

सुधारका फाइल थन्किँदा वैदेशिक रोजगार क्षेत्र अस्तव्यस्त : सचिव काफ्ले आलोचनामा

उत्कृष्टको सम्मान पाएका प्रहरी घुससहित पक्राउ

नैतिकता र डिजिटल अस्तित्वको द्वन्द्व   

बिशेष