चालिस लाख बढी विदेशी मुद्रा अपचलन गर्ने २ जना राजस्व अनुसन्धानको फन्दामा

राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलनको कसुरमा चालिस लाख तेत्तिस हजार विगो कायम गरी मुद्दा दायर गरेको हो।

बिज्ञापन

विभागले रविन्द्र राना र ठक माया रानालाई चालिस लाख तेत्तिस हजार विगो कायम गरी मुद्दा दायर गरेको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी तथा अनुसन्धान अधिकृत नवराज अधिकारीले बताए।

बिज्ञापन

२०१९ को दफा ३,४,५ विपरित कसुर गरेको अभियोगमा ऐनको दफा १७(१) बमोजिम बरामद भई आएको अवैध अमेरिकी डलर ६३०, साउदी रियाल ७,६४८, पाउण्ड स्टर्लिङ डलर २३५, क्यानेडियन डलर ३६०, मलेसियन रिङ्गिट १२३६, जापानी यन १,७४,०००, कोरियन वन ४८०००, युरो ३५०, थाइ भाट ७३००, कतारी रियाल ३५४, ओमन रियाल २३१.५०, कुवेती दिनार ६४.५, बहराइन दिनार १०३, अष्ट्रेलियन डलरर १००, सिङगापुर डलर ४३०, यु.ए.ई. दिराम २२५, चाइनिज युआन १०० र हङकङ डलर १०० विदेशी मुद्रा जफत गरिएको अधिकारीले बताए । त्यस्तै स्रोत नखुलेको नेपाली रुपैया १९ लाख २ हजार २ सय ६५ रुपैया जफत जफत गरिएको छ ।

ठक माया रानाको न्यू गाँउवेशी गेष्ट हाउसबाट बरामद भएको स्रोत नखुलेको ३ लाख नेपाली रुपैयाँ र बिभिन्न देशका बिदेशी मुद्रा ९ लाख १५ हजार ८४८ रुपैया विगो कायम गरी मागदाबी गरिएको छ ।राना र रानालाई ऐनको दफा १७(१) बमोजिम सजाय गरी पाउन मागदावी गरिएको विभागका महानिर्देशक चक्र बुढाले बताए ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

बिशेष