लेखापालदेखि सचिव हुँदै अख्तियारको कमाण्डरसम्म

कुशल प्रशासकको छबि बनाएर गृह मन्त्रालयबाट बाहिरिएका प्रेमकुमार राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको कुर्सीमा छन् । यस अघि अख्तियारले गति लिन सकेको थिएन । सूर्यनाथ उपाध्याय प्रमुख आयुक्त हुँदा अख्तियारको कामकारवाही प्रभावकारी भएको सुनिन्थ्यो । अख्तियारलाई त्यही लयमा फर्काउदैंछन् राई । टेरामेक्स,ललिता निवास जग्गा प्रकरण,आइटीका एक पछाडि अर्काे भ्रष्टाचारका मुद्धामा हात हालिरहेको छ अख्तियारले । यस्का अलवा भूमाफियाहरुप्रति आक्रामक देखिन्छ अख्तियार ।

बिज्ञापन

 

बिज्ञापन

को हुन प्रेम राई ? कस्तो छ बिगत ?

प्रेम राई ०१८ सालमा संखुवासभामा मध्यम वर्गीय किसान परिवारमा जन्मिएका हुन उनी । त्यो समय त्यस्तो थियो कि अधिकांशको चाह हुन्थ्यो लाहुरे बन्नु । तर उनलाई त्याृे हुटहुटीले कहिले छोएन् । उनी त्यहीँको हिमालय माविबाट ०३५ सालमा फलामे ढोका मानिने एसएलसी पार लगाए । भित्रिए राजधानी खाल्डो । ०३६ सालमा शंकरदेव क्याम्पसमा आईकममा भर्ना भए । ०३६ सालको आन्दोलका कारण उनको अध्ययनको गतिमा ब्रेक लाग्यो । तीनबर्षपछि ०३९ सालमा मात्रै आइकम पार लगाए । मिनभवनबाट विकम र ०४५ सालमा शंकरदेव क्याम्पसबाट उनले एमबिए उत्र्तीण भए । यही बीचमा उनी निजामती सेवामा भिडे ०४० सालमा । साउन १ गते लेखापालमा । ४४ सालमा शाखा अधिकृतमा नाम निकाले । ०४९ सालमा उपसचिवमा नाम निकाले ।जागिरे जीवनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री कार्यालय, आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र गृह मन्त्रालयमा सचिवको जिम्मेवारी बहन गरे ।

बिज्ञापन

उनी जुन–जुन मन्त्रालयमा गए त्यहाँ सुधारको शुरुवात गरे । सम्बन्धित मन्त्रालयका उच्च अधिकारीहरुका अनुसार उनी जहाँ–जहाँ गए त्यहाँ अमिट छाप छोडेर विदा भए ।

निजामती सेवामा ३६ बर्षसम्म काम गरेका उनी गृह सचिवबाट अवकाश पाएका हुन् । अवकाश पाएको झण्डै बर्ष दिन पछि उनी संवैद्यानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कमाण्ड गर्ने ठाउँमा पुगेका छन् । अब हेर्न बाँकी छ हिजोको दिनमा निजामती सेवामा रहँदा कायम रहेको निष्ठा,इमान्दारिता, प्रणाली सुधारप्रति प्रतिबद्ध, लगनशील, कर्तव्यनिष्ठ, राष्टसेवकको पहिचान बनाएका प्रेम राईले अख्तियारमा बसेर ठूला माछा समाउन सक्लान ? र हिजोको त्यो निष्ठा जोगाउन सक्लान ? यो प्रश्नको बिषय छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

बिशेष