सिंहदरबारका ड्राइभरहरु सुँक्कसुँक्क

सत्ता र शक्तिमा हुनेहरूले जे/जसो गरे पनि हुने मुलुक रहेछ यो । श्रम, पसिना बगाउँछु, दुई पैसा कमाउँछु र जाहानको पेट पाल्छु भन्न पनि नपाइने र अनेक नाममा लात्ती बजारिने । जालझेल र बेइमान नै सर्वेसर्वा भएको ठाउँमा इमान्दारीको कदर हुनु त परको कुरा त्यही सोझोपनको फाइदा उठाउँदै मन्त्रालयका केही ‘टाउका’ले गरेको दुव्र्यवहार वर्णन गर्दैछु म । देश चलाउने मन्त्रीदेखि सचिवसम्मलाई सुरक्षित तवरले गन्तव्यसम्म पु¥याउने एक चालकको पीडा हो यो ।

बिज्ञापन

सशस्त्र जनयुद्धको उद्गमस्थल मानिने रोल्पाको लिबाङमा जन्मे, हुर्किएको हुँ । दुर्भाग्य, बाल्यकालमै टुहुरो बन्न पुगेँ । सात वर्ष हुँदा आमा बित्नुभयो, बाह्र वर्षको हुँदा बुबा धर्तीमा रहनु भएन । बुबाआमाको काख र साथ गुमाएको मेरालागि आड, भरोसा, माया प्रेमको छत्रछहारी बन्नुभयो दाजुहरू ।

बिज्ञापन

भनिन्छ, बुबापछिको बुबा भनेकै दाजुहरू हुन् । ममाथि दुई जना दाजु हुनुहुन्थ्यो । म घरको साहिँलो छोरा । बुवाको देहान्तपछि दाजुहरू घरबार छाडेर भारततिर लागी उतै रमाउन थाल्नुभयो । कान्छोभाइलाई पनि उतै लैजानुभयो । कान्छो भाइको अनुहार मात्र याद छ । सायद देखेँ भने पनि चिन्दिनँ होला । खै किन मानेन त्यो समयमा यो मन भारततिर भौंतारिन, थाहा छैन । त्यहीँबाट टुट्यो, दाजुभाइसँगको सम्बन्ध । मनभरि सपना, झोलाभरि मीठो भविष्यको कल्पना बोकेर ०६२ सालमा राजधानी भित्रिएँ ।

दुर्गम गाउँमा जन्मेको मान्छे । बाल्यकालमा खासै ठूला सपना देखिएनन् । स्कुले शिक्षा अध्ययन गर्दै गर्दा रोल्पामा टिक्न सकिएन । अध्ययनलाई बीचमै थाती राखेर जनयुद्धले थिलथिलो भएको रोल्पा छाडी राजधानी भित्रिएको पनि दश वर्ष बितिसकेछ । अध्ययन टुट्यो । न हातमा थियो शैक्षिक प्रमाणपत्र, न त कुनै सीप । जनयुद्धबाट बच्न राजधानी छिर्दा व्यहोरेको सास्ती र पीडाको बयान म यहाँ शब्दमा गर्न पनि सक्दिनँ । दुःख, सुख गरी यही बीच सवारी साधन चलाउन सिकियो । सवारी चालकको अनुमतिपत्र प्राप्त गर्दा जिन्दगीकै सबैभन्दा बढी उल्लासको दिन ठानियो ।

बिज्ञापन

केही समय निजी र भाडाका सवारी साधन चलाएँ । यतै गरिएको अथक् प्रयास र मिहिनेतको बाबजुद सरकारी नूनपानी खाने अहोभाग्य मिल्यो । ०६८ सालदेखि ड्राइभिङ पेशामा छिरँे । सरकारी गाडी गुडाउन थालेको दशक पुग्न थाल्यो । लामो समय गृहकै गाडी चलाएँ । बीचमा केही मन्त्री र सचिवको गाडी चलाउनुपर्दा मन्त्रालय मात्र परिवर्तन भयो । धेरै समयचाहिँ गृहकै उपसचिवदेखि सहसचिव/ सचिवहरूलाई ओसारँे । उनीहरूकै सेवामा अहोरात्र खटिएँ । यो बीच सरकारी ओहदामा रहेका अजीव/अजीव पात्र देखें । तिनका चुरीफुरी, रवाफ, हामीजस्ता भुइँमान्छेलाई गर्ने व्यवहार, सबैका नाम नओकेलौं, दिलको कुनामा लेखेर राखेको छु । गृहका कुन कर्मचारी कस्ता थिए † हामी त निम्सरो मान्छे, जहाँ खटायो उहीँ जाने हो । अघिल्लो सरकारका उद्योगमन्त्री महेश बस्नेतदेखि पशुपन्छी मन्त्री शान्ता मानवीलगायत धेरै मन्त्रीको ड्राइभर भई सेवा गरेँ ।

महेश बस्नेतलाई ९ महिनासम्म बोकेको हुँ, शान्ता मानवीलाई साढे दुई महिना, यसका अलावा अरु पूर्वएमाले र पूर्वमाओवादीनिकट केही मन्त्रीको ड्राइभर बनेर सेवा गरँे । यीमध्ये केहीले मात्र श्रमिकको कदर गर्ने । एउटा श्रमिकले के खोज्छ ? काममा कहिल्यै ठग्न जानिएन । तर, यहाँ नाम त उल्लेख नगरौं केही मन्त्रीका आसेपासे र हनुमानहरूले मैले पाउनुपर्ने पारिश्रमिकसमेत पचाइदिएका छन् धेरैपटक । यही कुराको विरोध गर्दा जागिरबाट गलहत्याइएको भुक्तभोगी हुँ । दिनभरि श्रम गरी जहान बच्चा पाल्नुपर्ने हामीजस्ताको तलबसमेत पचाइदिने स्वकीय सचिवबाट कस्तो सदाचारपूर्ण काम होला ? केही मन्त्रीका पिए पनि कस्ता भने मन्त्रीज्यूले चढ्दै आएको गाडीमा उनीहरूलाई नै चढाउनुपर्ने रे ! उनलाई पनि झण्डावाल गाडी लिएर घरमा लिन÷लैजान जानुपर्ने रे ! मन्त्री चढ्ने गाडी कसरी जहाँ पायो त्यहाँ मनमौजी चलाउन सक्थे“ ! यही कारण उनीहरूको आँखाको तारो बनेँ धेरैपटक ।

एक जना सचिव छन्, नाम नभनौं । ठूलो मान्छेको इज्जत जाला । त्यतिखेर म उपसचिवको गाडी चलाउँथें । गृहकै प्रांगणमा बसिरहेको थिएँ । सचिवज्यू आउनुभयो । नमस्कार टक्र्याएँ, फिर्ता गर्नुभएन । यो गाडी किन सफा नगरेको, किन फोहोर ? तपाईंको काम, कर्तव्य, अधिकार के हो भन्दै थर्काउनुभयो । कसको रिस ल्याएर मलाई पोखेको हो कुन्नि, सायद जवाफ फर्काउनु नहुनेथियो होला, ‘मेरो काम कर्तव्य के हो मलाई सिकाइरहनुपर्दैन सचिवज्यू’ भन्ने जवाफ दिएँ ।

मेसिनरी सामान हो, सधैँ एकैनास कहाँ रहन्छ र ? कहिलेकाहीँ बिग्रिन्छ । तिनै सचिव आरोप लगाउँथे– आफैँले नट खुस्काएर गाडी बिगारेछ । ए बाबा खाएको विष पो लाग्छ, नखाएको विष कसरी लाग्ला ?

जाबो एउटा ड्राइभरलाई हटाउन निजी सचिव, पिएदेखि मन्त्रालयका सचिवसम्म लागिपरेका छन्, धेरै पटक । यहाँ त श्रम, पसिना बेचेर खान्छु भन्दा पनि पाइँदैन रहेछ । यस्तै/यस्तै आसेपासे, अरौटे भरौटेहरूका कारण न हो इमान्दार र स्वच्छ छवि भएका मन्त्रीहरू विवादमा तानिने ।

अहिले गृहमै फर्किएको छु । केही छैन, आधा पेट खाएर, ऋण गरेरै भए पनि जहान पालौँला÷पालेकै छु । अहिले कोरोना कहरमा छन् सबै । यस्तै संकटको घडीमा समेत निमुखा कर्मचारीलाई सास्तीमाथि सास्ती थोपरिएको छ । विशिष्ट श्रेणीका कर्मचारीलाई सरकारले सिंगो गाडीसहित चालक सुविधा दिएको छ । तर, यस्तो महामारीमा तल्लो तहका कर्मचारीको लागि भनेर दिएको बस पनि बन्द गराइएको छ, एक जना उपसचिवको बालहठमा । ती उपसचिवले सवारी र इन्धनमा कति खर्च गरेका छन्, त्यसको रेकर्ड हामीसँग सुरक्षित छ । उपसचिवलाई गाडी दिने कुरा सरकारले कहीँ लेखेको छ ? तर, तिनैले सरकारी गाडी सुविधा लिएर अनेक नाममा लुट मच्चाएका छन् । निम्नस्तरको कर्मचारीलाई सहज र सुविधा होस् भनेर सरकारले एकीकृत परिवहन सुविधाअन्तर्गत दिएको गाडीसमेत खोसेर बन्द गरी निमुखा कर्मचारीमाथि ज्यादती गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

बिशेष