१५ हजार मासिक तलब खाने कर्मचारीको घरमा ३० करोड भेटियो

नयाँ दिल्ली । भारतमा मासिक १५ हजार भारु तलब खाने एक व्यक्तिको घरमा ३० करोड भारु भेटिएको छ । ती व्यक्ति झारखन्ड सरकारका मन्त्री आलमगीर आलको निजी सचिवका नोकर हुन् ।

बिज्ञापन

प्रवर्तन निर्देशनालय (ईडी)ले राँचीमा छापा मार्ने क्रममा नोकरको घरबाट २० देखि ३० करोड भारु नगद फेला पारेको हो । सोही घरमा अर्को एक स्थानबाट तीन करोड भारु बरामद भएको पनि बताइएको छ । सम्पत्ति शुद्धीकरण मामिलामा छानबिनका क्रममा आलमगीर आलमको नाम आएको थियो ।

बिज्ञापन

आलमको मन्त्रालयमा भ्रष्टाचार भइरहेको र पैसा नोकरहरुको घरमा पठाइरहेको जानकारी ईडीले पाएको थियो । यही जानकारीका आधारमा ईडीले मन्त्रीका निजी सचिवको नोकरको घरमा छापा मारेको थियो । १० हजार भारु घुस लिएको मामिलामा छापा मार्दा करोडौं रकम भेटिएको बताइएको छ ।

गएको वर्ष झारखन्डमा कंग्रेसको राज्यसभाको सांसद र व्यापारी धीरज साहुको घरमा आय कर विभागले छापा मार्दा ३ अर्ब ५० करोड भारु भन्दा बढीको नगद बरामद भएको थियो । तर साहुले बरामद भएको रकम आफ्नो रक्सी कम्पनीको भएको बताएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लाइक र फलोअरको पछि कुद्न राष्ट्रसेवकलाई लगाम

सवारी खरिदमा सचिवलाई ६० लाखसम्म सहुलियतपूर्ण ऋृण र व्याज अनुदान,अन्य कर्मचारीलाई कति ?

२ मन्त्री,एक सचिवसहित १६ कसुरदारलाई सजाय सुनाइँदै

कर्मचारीलाई आचारसंहिता : अब रक्सी र चुरोट सेवन गर्न बन्देज

अर्थसम्बन्धी विभिन्न कानुन संशोधन र खारेज गर्दै

प्रधानमन्त्री कार्यालयमा दुई जना मुख्यसचिव,अवकाशमा गएका सचिवहरु जिम्मेवारीमै

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपालीलाई शहीद घोषणा गर्ने सरकारको तयारी

बिशेष