‘टाइटानिक’ अभिनेता बर्नार्डको निधन

‘टाइटानिक’ र ‘लर्ड अफ द रिङ्ग्स’ जस्ता ब्लकबस्टर र अवार्ड विजेता फिल्मका अभिनेता बर्नार्ड हिलको ७९ वर्षको उमेरमा निधन भएको छ । अभिनेत्री तथा बर्नार्डकी को–स्टार बारबरा डिक्सनले उनको निधनको पुष्टि गरेकी छन् ।

बिज्ञापन

बारबराले ट्वीटरमा निधनको जानकारी दिँदै भावुक पोस्ट लेखेकी छन् । ‘म अत्यन्त दुःखका साथ भनिरहेकी छु कि बर्नार्ड हिलको निधन भएको छ । हामीले सन् १९७४ मा रिलिज विली रसेलको शो ‘जोन पल जर्ज रिङो एण्ड बर्ट’मा सँगै काम गरेका थियौँ । उनी कमालका अभिनेता थिए ।

बिज्ञापन

उनलाई भेट्न र उनीसँग काम गर्न पाउनु सम्मानको कुरा थियो । भगवान्ले तिम्रो आत्मालाई शान्ति देउन्’, उनले लेखेकी छन् । बर्नार्डको निधन के कारणले भएको भन्ने पुष्टि हुन सकेको छैन ।

बर्नार्डले फिल्म ‘टाइटानिक’मा क्याप्टेन एडवर्ड जे स्मिथको भूमिका निभाएका थिए । उनले फिल्मका अलावा टेलिभिजन सिरियल र थिएटरमा धेरै काम गरेका थिए ।एजेन्सी

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष