‘कमरेडले पटक पटक गर्भ तुहाएको’ मुद्दा तामेलीमा राखेकोबारे अदालतले माग्यो लिखित जवाफ

नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने सरकारी वकिल कार्यालयको निर्णयमा अदालतले लिखित जवाफ मागेको छ ।

बिज्ञापन

उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावलले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँसँग लिखित जवाफ माग्ने आदेश गरेका हुन् ।बस्नेतविरुद्ध शोभा पाठक नाम गरेकी एक महिलाले जिल्ला प्रहरी परिसर काठमाडौँमा बलात्कार र भ्रूण हत्याविरुद्धको जाहेरी दिएकी थिइन् । प्रहरीले प्रमाण नपुगेको भन्दै जाहेरी नलिएपछि उनले हुलाकमार्फत दिएकी थिइन् ।

बिज्ञापन

वैशाख ४ मा वकिल कार्यालयले प्रमाण पुगेका बखत मुद्दा चल्ने गरी सिफारिस गरेको काठमाडौँ प्रहरीको रायलाई सदर गरेको हो ।अदालतले १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालय पाटन मार्फत सबुद प्रमाणसहित लिखित जवाफ पेस गर्न भनेको छ । सो मुद्दामा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता इन्द्र प्रसाद अर्यालले बहस गरेका थिए ।

बस्नेतसँग ‘लिभिङ टुगेदर’ मा रहेकी भनिएकी शोभाले जिल्ला प्रहरी परिसर, काठमाडौंमा ‘भ्रण हत्या, जबरजस्ती करणी र डाँका चोरी’ प्रकरणमा जाहेरी दिएकी थिइन् । प्रहरीले प्रमाण अपुग भएको जनाउँदै मुद्दा तामेलीमा राख्न जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंलाई सिफारिस गरेको थियो । सोहीअनुरुप कार्यालयले मुद्दालाई तामेलीमा राखेको हो ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

देउवा,ओली सरकारका प्रिय प्रशासक वालेन सरकारको प्रथामिकतामा

सिन्धुपाल्चोक प्रशासनमा लुट : निशुल्क उपलव्ध हुने सेवामा यसरी उठाइन्छ शुल्क

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

बिशेष