प्रभुका दर्जनौं कार्यकर्ता रिहा

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का नेता–कार्यकर्ता रिहा भएका छन् । आज अपराह्न त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गर्न पुगेका सो पार्टीका उपमहासचिव मनोजकुमार यादवसहित दर्जनौँ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बिज्ञापन

पक्राउ पर्नेमा रञ्जु साह, चन्दा साह, सञ्जय साह, मनोज यादव, आर्य पाण्डे, कनक सिंह, बिनोद साह, राजकुमार बिक, चन्द्रिका लाल साह, बरुण जैसवाल, हिरालाल साह, बलभद्र आचार्य, विजय लामा लगायत रहेकामा साँझ सबै जना छुटेका हुन् ।

बिज्ञापन

भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रका जनताको निजी सम्पति लुट्ने काम भइरहेको भन्दै यसलाई रोक्नुपर्ने माग सहित आजपाले वैशाख २० देखि भन्सार घेराउको काम गर्दै आएको छ ।

आजपाका अध्यक्ष प्रभु साहले भन्सार नियमावलीमा रहेको परिच्छेद–१० को पुरस्कार सम्बन्धि सम्पूर्ण प्रावधान हटाउनुपर्ने बताए । कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरुपता ल्याउन भन्सार नियमावलीबाट अनावश्यक प्रावधान हटाइनुपर्ने पनि उनको भनाइ छ ।

बिज्ञापन

यस्तै भन्सार महशुल नबुझाएकै कारण निजि सम्पति जफत गर्ने व्यवस्थाको सट्टा भन्सार नबुझाएमा उचित दण्डको व्यवस्था गरिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष