सचिव अधिकारी सेवानिवृत्त,एकै पटक ४ सचिव पद रिक्त

नेपाल सरकारका सचिव सुरेश अधिकारी सेवा हदका कारण घर फर्किएका छन् । ०७६ बैशाख १० मा नेपाल सरकारको सचिव नियुक्त भएका थिए। उनी पाँच बर्षे सेवा अवधि पूरा गरेर आजबाट फर्किन लागेका हुन । मन्त्रालयले चार बजे सचिव बिदाइको कार्यक्रम राखेको छ ।

बिज्ञापन

निजामती सेवामा ३६ वर्ष काम गरेका अधिकारी सहसचिव हुँदा गृह मन्त्रालय र मातहतका विभिन्न निकाय, सुचना तथा सञ्चार मन्त्रालय, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रपति कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेर महत्वपुर्ण जिम्मेवारी निर्वाह गरे ।

बिज्ञापन

यस्तै सचिवमा बढुवा भए पछि कोशी प्रदेश प्रमुख सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिताए ।

अधिकारीले अवकाश पाएसँगै चार सचिव पद रिक्त हुन पुगेको छ । वैशाख १७ गते एकै दिन तीन सचिव रिक्त हुन पुगेको छ । यस्तै सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद पन्थी र महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाले आजैबाट सेवानिवृत्त हुँदैछन् । पाँच महिनादेखि न्यायपरिषद् सचिव रिक्त छ । यस्तै ११ दिन पछि अर्को सचिव घर जाँदैछन् । २८ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव रेवतीरमण पौडेल सेवानिवृत्त हुन लागेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

सुशीलाले रोकेको पिए सुविधा व्युँताइयो,एक जनाले थाप्नेछन् ३ लाख १२ हजार

३ करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

ओभरटाइमको नाममा आयल निगममा मासिक ५० लाख स्वाहा !

श्रीमती हत्या प्रकरणमा नयाँ मोड : लेखा अधिकृतसहित चारजना अब थुनामै

दुई कर्मचारी सरकारी सेवाबाटै बर्खास्त

९ वटा मन्त्रालयले टुंग्याए ओएण्डएम

बिशेष