हाकिमलाई नेविसंघ नेताको धम्की:- जिल्ला छोड नत्र राम्रो हुँदैन…

काँग्रेस निकट नेपाल विद्यार्थी संघका नेताले कर्मचारीलाई २४ घण्टाभित्र जिल्ला छाड्न धम्की दिएका छन् । अपरिचित नम्बरबाट फोन गरेर उनलाई २४ घण्टाभित्र जिल्ला छाड्न धम्की दिएको ती कर्मचारीले कर्मचारी प्रेससँग बताएका छन् ।

बिज्ञापन

रसुवास्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा वरिष्ठ संरक्षण अधिकृत  अणनाथ बराललाई २४ घण्टाभित्र जिल्ला छोड्न धम्की दिइएको उनले बताएका छन् ।  निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अणनाथ बरालले भने ‘मलाई अपरिचित नम्बरबाट फोन आयो र धम्की दिँदै भने २४ घण्टाभित्र जिल्ला छोड नत्र राम्रो हुँदैन…!’

बिज्ञापन

आजै बिहान रसुवा सदरमुकाम धुञ्चेमा रहेको लारानीको कार्यालयमा काँग्रेसका क्षेत्रीय सभापति,जनप्रतिनिधि,नेविसंघका नेता कार्यकर्ता,तरुण दलका कार्यकर्ता पुगेर त्यहाँ तोडफोड गरेका थिए । आज बिहान कार्यालयमा प्रवेश गरेका काँग्रेस निकटका भातृ संगठनको टोलीले त्यहाँ तोडफोड गरेको जनाइएको छ । करिब ६०/ ७० जनाको समूहमा रहेको टोलीले त्यहाँ प्रवेश गरेर तोडफोड गरेको जनाइएको छ । उक्त टोलीले गरेको तोडफोडका कारण एउटा कुर्सी भाँचिएको छ भने थर्मस फुटेको जनाइएको छ ।

निकुञ्जको कार्यालयका थर्मस र कुर्सी तोडफोड गरे पछि यही समूह अहिले प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाललाई ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय,धुन्चे पुगेको थियो । प्रमुख जिल्ला अधिकारी खनालले दुबै पक्षलाई राखेर समन्वय गर्ने प्रयास भइरहेको कर्मचारी प्रेसलाई बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

खरिदारदेखि उपसचिव तहका ७५ कर्मचारीको सरुवा

कार्यालय सहयोगीको तलब ३५ हजार,मुख्य सचिवको १ लाख २१ लाख हजार कायम गर्न प्रस्ताव

बिशेष