सरकारी जग्गा हडप्ने खरिदार,अमिनसहित १० विरुद्ध भ्रष्टाचार मुद्धा दायर

मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध पनि आजै भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले उनीसहित नापी कार्यालयका तत्कालिन अमिन टंकप्रसाद निरौला, खुम्बु पासाङल्हामु गाउँपालिका–१ का बुद्धमाया थापा मगर, उनका नाती रामकृष्ण थापा मगरविरुद्ध मुद्दा दर्ता गरेको हो ।

बिज्ञापन

त्यस्तै, फुर गेल्जे शेर्पा, ङिम याङजी शेर्पा, ल्हाक्पा दिकी शेर्पा, पेम्बा शेर्पा, ल्हाक्पा गेल्जेन शेर्पा, शर्मिला राई र स्वर्गीय मिङमा ल्हामु शेर्पालाई पनि प्रतिवादी कायम गरिएको छ ।

बिज्ञापन

उनीहरुले आपसी मिलेमतोमा तत्कालिन श्री ५ सरकारको नाममा कायम भएको सोलुखुम्बुको साविक जुभिङ्ग गाविस–५ को कित्ता नम्बर ६२०, ६२२ र ६२४ को क्रमशः तीन हजार एक सय, दुई हजार पाँच सय र चार हजार सात सय वर्गमिटर जग्गा बदनियतपूर्वक गैरकानूनी तवरले व्यक्तिको नाममा दर्ता गराएको अख्तियारको आरोप छ ।

आरोप पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम छ लाख १८ हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष