“रातो कर्णाली”

तम्रा घरका जगै रातो
या हुन्-
बलिवेदी रगतका रङ्ग ती
आँगनको लिपाइ रातो
या हुन्-
रक्ताम्य रेटिएका अङ्ग ती
ढुङ्गामाथि निशानै रातो
या हुन्-
नृशंस नरसंहारका चोट ती
सडकान्त स्तम्भै रातो
या हुन्-
गलेका गुरिल्ला लेखोट ती
घाँसको सिरैसिर रातो
या हुन्-
घाइते बिसाएका छाप ती
झारको झ्याङ्गै रातो
या हुन्-
लट्केका लासका राप ती
बोटको गुराँसै रातो
या हुन्-
आला रगतका डोब ती
तम्रा त डाँडा नै रातो
या हुन्-
रुष्ट प्रकृतिका क्षोभ ती
रात्तै रातो छ प्रात रातो
तैपनि किन आँगन रित्तो, कर्णाली ?
तम्रै दैलोमा अतिथि हम्मी
घरमूली खै ?
सुन्नै आयौं, तम्रा टट्किका बोली खै ?
खै कहाँ छन् चौँरी चराउने गोठालाहरू ?
खै कहाँ छन् हुड्के नाच्ने बालाहरू ?
खै माण्ठा ?
गाउँभरि किन सुनसान ?
लाग्छ मानौं, सभ्यताको भएको होस् अवसान
सूनसान छ शून्यता, शीतलता पनि
हुन्डरी सुनिन्छ सिरसिरे चल्दा पनि
दुख्छ आफ्नै छिनिएको घाँटी, चसक्क
रातै छ मेरो पनि गलबन्दी-
निथ्रुक्क !
बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष