यातायात पछि अभिलेख विभागको महानिर्देशकलाई कार्यकक्षमै दलियो मोसो

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक विदुरप्रसाद खनालमाथि कार्यकक्षमै दुर्व्यवहार भएको छ ।

बिज्ञापन

उनलाई क्रान्तिकारी माओवादी बताउने युवाहरूले बुधवार अपरान्ह बबरमहलस्थित कार्यकक्षमै छिरेर कालोमोसो दलेका हुन् । मोहन वैद्य निकट युवा नेताहरूले बबरमहलस्थित खनालको कार्यकक्षमा प्रवेश गरी केही काम नगर्ने र सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन मिलेमतो गरेको आरोप लगाउँदै मोसो दलेका थिए।
यसरी मोसो दल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी ६ उदयपुर घर भई काठमाडौंको लाजिम्पाट बस्ने भीमबहादुर सार्की र प्युठान घर भई कुपन्डोल बस्ने किशोर कुँवर छन्।

बिज्ञापन

यस अघि तीन महिना अघिमात्र यातायात व्यवस्था विभागका महानिर्देशकलाई यसैगरी कार्यकक्षमा मोसो दलिएको थियो । क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै माघ अन्तिममा मिनभवनस्थित कार्यकक्षमा पुगेर कालोमोसो दलेर दुर्व्यवहार गरेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष