निजामती प्रशासनमा ‘हुलाक टिम’को सधै चकचकी

नेपालको प्रशासनिक क्षेत्रमा एकै पटक हुलाक सेवाबाट आएका १६ जना सचिवको भूमिकामा पुगे ।जसमध्ये केही अवकाशमा गए,तीन जना बहालरत छन्,एकको मृत्यु भइसकेको छ ।तिनैमध्येका बैकुण्ठ अर्याल मुख्य सचिवको कुर्सीमा पुगे । एक जना लाई सचिवबाट अवकाश लगतै राजदूत बनाएर खटाइएको छ,बाँकी रिटायर्ड लाइफ बिताउँदै छ ।

बिज्ञापन

०४९ सालमा हुलाकसेवाबाट प्रशासनतिर सिफ्ट भएकामा जयमुकुन्द खनाल,बिष्णु लम्साल,राजन खनाल,रामप्रसाद थपलिया,पुर्णचन्द्र भट्टराई,बिष्णु नेपाल,शान्तराज सुवेदी,बिनोद प्रकास सिंह,गोपीनाथ खनाल,महेन्द्र गुरागाई,बैकुण्ठ अर्याल,भरतराज पौड्याल र केवल प्रसाद भण्डारीहरु हुन ।
तिनैमध्येका  राजन खनाल,शान्ताराज सुवेदी,बैकुण्ठ अर्याल,भरत पौडेल,मधुकुमार मरासिनीहरुले अर्थ र राजश्वबाहेक दाया बाया हुनु परेन । सदैव अर्थ र राजश्व कार्यालयहरुमा घुमेर जागिर खाए ।

बिज्ञापन

जसमध्ये जयमुकुन्द कुनै दाग नलागी घर फर्किए । भरत पौडेल परराष्ट्र सचिवबाट सेटिङमै अहिले राजदूत खाइरहेका छन् । बाँकीले अर्थ र राजश्वमै घुमेर जागिर खाएका हुन । यस्लाई बहालवाला प्रशासकहरु ‘टिम बैकुण्ठको अघोषित सेटिङ्ग’ भन्छन् । अर्थ सचिव मधु मरासिनी र मुख्य सचिव बैकुण्ठ अर्याल ‘तँ–तँ र म–म’ चल्ने साथी हुन । उनै मुख्य सचिवकै जोडबलमा अहिले मधसलाई अर्थमा फिट गरिएको भनेर अर्थ्याउने छन् ।यो समूहले कहिल्यै नरम कार्यालयमा बसेर काम गर्नु परेन । तिनैमध्येका एक मधु मरासिनीलाई हालै अर्थमा लगे पछि संवैद्यानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग चिढिएको छ ।

सफाई पाएको पर्सीपल्टै मधुलाई नियुक्ति यसरी दिइयो कि मानौं,उनलाई त्यहाँ नलगे अकाशै पल्टिन्छ,धर्ती नै भासिन्छ । दुई दिन अघिमात्र विशेष अदालतबाट क्लिन चिट पाएका मधु मरासिनीले सोमबार बिहान ११ बजे बसेको क्याविनेटले अर्थ सचिवको जिम्मेवारी दियो र दिँउसै ३ बजे अर्थमा स्वागत र कृष्णहरि पुष्करको बिदाईको कार्यक्रम राख्यो । अपर्झट सचिवद्धयको रमना गर्नुपर्दा अर्थका कर्मचारीको दौडधूप हेर्न लायक देखिन्थ्यो । तर,कानुनी क्षेत्रका जानकारहरु चाहिँ सरकारको पछिल्लो निर्णयले संवैद्यानिक निकायलाई ठाडैं च्यालेञ्ज गरेको टिप्पणी गर्दैछन् । कुनै पनि फैसला पूर्ण पाठ नआइ परिपक्क मानिदैंन । उदाहरणका कर्मचारीका यस्ता दर्जनौं नजिर छन्,जस्लाई अदालतबाट पूर्णपाठ आए पछि मात्र कार्यन्वयनमा लगिएको छ ।

बिज्ञापन

विशेषबाट क्लिन चिट पाएका मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयमा सानो केही जिम्मेवारी दिएर राख्न सकिन्थ्यो तर उनी हिजो बजेट महाशाखा प्रमुख हुँदा उनीमाथि प्रश्न चिन्ह उठेको मन्त्रालयमै जिम्मेवारी दिएर पठाउनुलाई ठूलै ‘सेटिङ’ हो भन्दैछन्, प्रशासन क्षेत्रका जानकारहरु । सोमबारको क्याविनेटको यो निर्णय अख्तियारकै आयुक्तहरुलाई पचेको छैन ।

यसपालि पनि बजेटमा ‘मुसा छिर्ने’ खतरा बढेको टिप्पणी हुन थालेको छ कारण हिजो जनार्दन शर्मा अर्थमन्त्री हुँदा रातारात राजश्व दरमा भएको हेरफेरमा ‘मुसा छिर्दा’ यिनै मरासिनी अर्थ सचिव थिए । व्यापक आलोचना भए पछि उनी उद्योगमा पुगेका थिए । त्यही रहँदा अख्तियारले विशेषमा मुद्धा हाल्यो असोज १५ मा । सात महिना निलम्बनमा परे । पहिला–पहिला बजेट महाशाखाका प्रमुखको संयोजकत्वमा नयाँ बजेटको मस्यौदा हुने गथ्र्यो । यसचोटि उक्त महाशाखामा रितेश शाक्य छन् । एमाले उपाध्यक्ष विष्णु पौडेलको टिमका राजश्व महाशाखा प्रमुख धनिराम शर्माको संयोजकत्वमा बजेट मस्यौदा समिति गठन गरिएको छ । रितेश त्यसको सदस्यमात्रै छन् । अन्य सदस्यमा महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मालाई राखिएको छ । त्यहाँ जनार्दनकै पालामा बजेटबाट मुसा छिराउने सचिवले प्रवेश पाउनुलाई ‘सेटिङ’कै संज्ञा दिँदैछन् अर्थका कर्मचारीहरु ।

निजामती सेवामा ३७ बर्ष बिताएका उनी अवको १० महिना पछि घर फर्कदैछन् । जागिरे अवधिको १३ बर्ष वैदेशिक अध्ययनमै बिताए । कहिले अष्ट्रेलिया त कहिले बेलायत पुगे । निजामतीमा कोही यस्ता कर्मचारी पनि छन्,जीवनभर एकपटक बोइङ चढ्न नपाउने अनि मधु मरासिनीजस्ता खेलाडीहरु पनि छन्,जो १० औं पटक वैदेशिक अध्ययनको अवसर पाइरहने । जागिरे अवधिभर कुनै नरम कार्यालयमा बसेर काम गर्नुपरेन । सिंहदरबार छाडेर टाढा काम गरेको भनेको विराटनगरमा कर अधिकृत भएर खटिएका हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बीवाईडी काण्डपछि भन्सार विभागका महानिर्देशक भण्डारी तानिए, नयाँ महानिर्देशकमा सहसचिव पाण्डे

भन्सारका महानिर्देशक मन्त्रालय तानिए,निमित्तको जिम्मेवारी पाण्डेलाई

कार्यसम्पादनमा खरो उत्रन नसकेका मन्त्रीहरु रेडजोनमा

राहदानी विभागको महानिर्देशकमा विक

अख्तियारले फेला नपारेका माओवादी सत्ताका तरमारा सहसचिव राना एक वर्षदेखि लापत्ता, प्रधानमन्त्री सचिवालयको संरक्षण

उल्टाइदैं गौरीबहादुर कार्की आयोगको सिफारिस

सरकारी कार्यालयलाई चाहिने सफ्टवेयर आफैँ बनाउने तयारी,खुल्दैछ छुट्टै कार्यालय

सचिवको सचिवालय घटाइने,सहसचिवको कटौती हुने,सल्लाहकार र स्वकीय भने बढाइदैं

बिशेष