यातायात कार्यालयका कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न दीपक मनाङेको निर्देशन

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री दीपक मनाङेले यातायात व्यवस्था कार्यालय कास्कीका कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न निर्देशन दिएका छन् । यातायात कार्यालयको अनुगमन गर्न पुगेका उनले काममा इमान्दारिता देखाउन आग्रह गरेका हुन् ।

बिज्ञापन

मन्त्री मनाङे सोमबार दिउँसो साढे एक बजे पोखराको पृथ्वीचोकस्थित मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था कार्यालय, सवारी, कास्की पुगेका हुन् । उनले त्यहाँको सेवा प्रवाह र भौतिक पूर्वाधारको अवस्थाबारे कार्यालय प्रमुख डिल्लीराम रिज्यालसँग जानकारी लिए । त्यसपछि प्रमुख रिज्याललाई विद्युतीय हाजिरीको व्यवस्था गर्न र घण्टैपिच्छे हाजिरको व्यवस्था गर्न मन्त्री मनाङेले निर्देशन दिए । ‘कर्मचारी टाइममै आएनन् भन्ने गुनासो भएर आएको हो । ८ घण्टा हरेक घण्टा हाजिर गर्नपर्छ,’ उनले भने, ‘त्यो गर्‍यो भने ९ देखि ५ बजेसम्म बस्नैपर्छ ।’

बिज्ञापन

मन्त्री मनाङेले चाहिँ अनलाइन सेवा सुचारु गर्न आइपरेको समस्याका बारेमा केन्द्रमा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भन्सारका महानिर्देशक मन्त्रालय तानिए,निमित्तको जिम्मेवारी पाण्डेलाई

कार्यसम्पादनमा खरो उत्रन नसकेका मन्त्रीहरु रेडजोनमा

राहदानी विभागको महानिर्देशकमा विक

अख्तियारले फेला नपारेका माओवादी सत्ताका तरमारा सहसचिव राना एक वर्षदेखि लापत्ता, प्रधानमन्त्री सचिवालयको संरक्षण

उल्टाइदैं गौरीबहादुर कार्की आयोगको सिफारिस

सरकारी कार्यालयलाई चाहिने सफ्टवेयर आफैँ बनाउने तयारी,खुल्दैछ छुट्टै कार्यालय

सचिवको सचिवालय घटाइने,सहसचिवको कटौती हुने,सल्लाहकार र स्वकीय भने बढाइदैं

विज्ञान प्रविधि मन्त्रीको सल्लाहकारमा थापा

बिशेष