चुनावी मैदानमा होमिएका दिलबहादुर सिंहको यस्तो छ पृष्ठभूमि

यही बैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट कलम चिन्ह लिएर बझाङ क्षेत्र नं १ (क) बाट उम्मेदवार बेका छन् दिलबहादुर सिंह । नेकपा समाजवादी पार्टीको केन्द्रीय सदस्य तथा बझाङ जिल्ला ईन्चार्ज समेत रहेका सिंह यतिखेर आफ्नो चुनावी अभियानलाई घर दैलौमा पुर्याउन अभ्यस्त छन् ।  उनलाई जिताउन केन्द्रिय सचिव गरिमा शाह लगायत प्रदेशका नेता तथा कार्यकर्ता अहोरात्र खटिरहेका छन् । शान्त स्वभाव मिलनसार व्यक्तिको छवी बनाएका सिंह उपविर्नचनमा खासगरी नेकपा एमाले, नेपाली काँग्रेस माओवादी लगायत अन्य उम्मेदवारका लागि टाउँको दुखाई बनेका छन् ।

बिज्ञापन

जहानियाँ राणा शासनको अन्त्यपछि स्थापित पंचायतकालीन शासनकालमै वि सं २०१५ साल कात्तिक १० गते जन्मिएका दिलबहादुर सिंहले २० वर्षको उमेरदेखि राजनीतिक आन्दोलनमा समाहित भएको बताउँछन् । उनी त्यति बेलादेखिका राजनीतिक सिपाहीको हुन र सिंह यतिखेर चुनाबी मैदानमा आफै योद्धाका रुपमा बझांगको समृद्धि र विकासको एजेण्डा बोकेर चुनावी अभियानको दौरानमा छन् । सिंह २०३५ साल देखि निरन्तर राजनितिक आन्दोलनमा रहँदै आएको बताउँछन् । सिंह बझाङको समग्र बिकासका लागि सधै अग्रसर भएर काम गर्नेमा उनी एक हुन । त्यसैले त अहिले आफू उम्मेदवार बनेपछि जतामा उत्साह जागेको सिंह बताउँछन् ।

बिज्ञापन

उनी भन्छन् आफूले गरेको कामको मूल्यांकन नै चुनाव जित्ने मूल आधार हो । अन्याय , दमन, शोसक , छुवाछुतलाई सधैका लागि अनत्य गर्नुपर्छ भन्ने अभियानमा लागेका सिंहले यस अघि उम्मेदवार बन्न नपाएको खिन्नता प्रकट गरे । २०३५ सालमा अनेरास्वबियूको सदस्यता लिएका सिंहले २०३६ सालको जनमत संग्रहमा बहुदलीय ब्यवस्थाको पक्षमा मतदान गरेका थिए ।२०३८ सालमा स्ववियु निर्वाचनमा जयपृथ्वी क्याम्पसमा स्ववियू सभापतिमा निर्वाचित भएका थिए । पंचायतीशासनव्यवस्थाढाल्नका लागि गरिएको बहुदलीय आन्दालेनको बेला २०४६ मा उनलेनेतृत्वदायी भूमिका निर्वाह समेत गरेको बताउँछन् ।

२०४९ सालमा नेकपा एमाले जिल्ला कमिटी बझाङको संथापक जिल्ला कमिटी सदस्य भएका उनी बिभिन्न बिभागीय प्रमुखको जिम्मेवारी बहन गर्दै २०५४ सम्म युवा संघ बझाङको जिल्ला कमिटी अध्यक्ष रहेका थिए । २०४९ सालमा स्थानीय जिल्ला विकास समितिको उप–सभापती पराजीत भएका उनी २०५४ सालमा सोही पदमा बिजयी भई भएका थिए । सिहं २०६२–६३ सालमा प्रमुख संयोजकको भुमिकामा रहँदै आन्दोलन गरिरहँदा प्रहरी हिरासतमा पटक–पटक पुगेका थिए । २०६९ सालमा ७ औं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित सिंह २०७५ सालमा प्रदेश कमिटी सचिवालय सदस्य भएका थिए । राजनीतिमा कुनै अवसर नपाएका सिंह यसपालिको उप निर्वाचनमा जनताको नजरमा परेको सिंहको प्रचारप्रसार अभियानका क्रममा बझाङ पुगेका एमाले नेता प्रतापबहादुर चन्दको भनाइ छ । सो निर्वाचन क्षेत्रमा एमालेका दमन भण्डारी, काँग्रसका अभिशेष सिंह र माओवादीका जनक बूढा लगायत उम्मेदवार रहेका छन् । उम्मेदवारहरुले आआफ्नै जित्ने दाबी गर्दै आएका छन् ।

बिज्ञापन

सो निर्वाचन क्षेत्रमा एमालेका दमन भण्डारी, काँग्रसका अभिशेष सिंह र माओवादीका जनक बूढा लगायत उम्मेदवार रहेका छन् । उम्मेदवारहरुले आआफ्नै जित्ने दाबी गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बिशेष