एकै पटक ४० अधिकृतको गृहमा ‘इन्ट्री’,३० लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मा

सरकारले ८२ अधिकृतहरुको पदस्थापन गर्दा एकै पटक ४० अधिकृतहरुले गृहमा ‘इन्ट्री पाएका छन् । नयाँ ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्दै कामकाज तोक्ने निर्णय गर्दा ४० अधिकृत सामान्य प्रशासनबाट गृह मन्त्रालय वा अन्तर्गत पदस्थापन भएका हुन ।यस्तै एकै पटक ३० अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर स्थानीय तहमा खटाइएको छ ।

बिज्ञापन

गृह इन्ट्री पाउनेमा श्यामहरि भट्टराई,अनिल रिजाल,विनोद भट्टराई,अस्मीता राई,अदित दाहाल,युवराज भट्टराई,कमलसेन ओली,रमेश पौडेल,सुदिप मिश्र,ऋृषिराम उपाध्याय,टोपबहादुर खत्री,प्रभात ढकाल,शोभा रिजाल,त्रिविविक्रम खड्का,तारानाथ फुल्लेल,भरतकुमार दास,दिपककुमार पटेल,अर्जुनप्रसाद रेग्मी,विज्ञान पौडेल,रिशिराम पौडेल,अनिता बोहरा,करसिंह राना,सरिता भण्डारी,राजेन्द्रप्रसाद चापागाई लगायत रहेका छन् ।
यस्तै एकै पटक ३० अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर स्थानीय तहमा खटाइएको छ । जसमा अमर जिसीलाई मालारानी गाँउपालिका,मुक्ति पौडेललाई बडिगाँउ गाँउपालिका,तुर्माखाँद गाँउपालिकामा द्रुवप्रसाद अधिकारी,अर्जुनकुमार राउतलाई भुम्लु गाँउपालिकामा खटाइएको छ ।

बिज्ञापन

पदस्थापनको सूची अनुसार,विवेक रणपाल परियारलाई मस्र्याङ्दी गाँउपालिका,महाशिला गाँउपालिकामा अभिनय अधिकारी,चामे गाँउपालिकामा विनोद रेग्मी,रोशी गाँउपालिकामा शिवप्रसाद भन्तनाको पदस्थापन गरिएको छ । यस्तै,मोतिप्रसाद अधिकारी धौलागिरी,आर्दश गाँउपालिकामा पदमराज अवस्थी, शिवालय गाँउपालिका रामु ज्ञवाली,खानीखोला गाँउपालिकामा जिवन गैरे खटाइएको छ ।

कुमाख गाँउपालिकामा समिर गौतम,काइके गाँउपालिकामा गोपाल शाही,कनकासुन्दरीमा दिपेन्द्र भण्डारी,माडी गाँउपालिकामा यज्ञबहादुर भण्डारीको पदस्थापन भएको छ । यस्तै,लिंसखुपाखरमा समिता थापा,मारिङदेनमा भिमबहादुर सुब्बा,पूर्वीचौकीमा विक्रम श्रेष्ठ,जलजलामा लोकराज खत्री,शर्मिला पौडेल हेलम्बु,हिमाल डगौरा के आइ सिंह पालिका,निसिखोला जिवन पुनमगर,पर्सा युगेशकुमार यादव,विकास विक सिदिङ्वा,तिलाठी कोइलाडीमा सरोजकुमार कर्णको पदस्थापन भएको छ ।अमितकुमार साह रामनगर,पवनकुमार केशरी वागमती,जुनीचौदी गाँउपालिकामा हर्कबहादुर शाही र विष्णुपुर गाँउपालिकामा सन्तोष रायको पदस्थापन भएको छ ।
मन्त्रालयका अनुसार अहिले झण्डै २ सय स्थानीय तह निमित्त प्रशासकीय अधिकृतका भरमा चलिरहेका छन् ।

बिज्ञापन

९ अधिकृत भूमि व्यवस्था मन्त्रालय अन्तर्गत पदस्थापन भएका छन् भने १ जना अख्तियार पुगेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

सुशीलाले रोकेको पिए सुविधा व्युँताइयो,एक जनाले थाप्नेछन् ३ लाख १२ हजार

३ करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

बिशेष