ओलीकी ‘साली’ राष्ट्रियसभाका लागि सिफारिस

काठमाडौं । सरकारले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई मनोनयन  गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको छ ।

बिज्ञापन

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा.अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष बैठकले सिफारिस गरेको जानकारी दिइन । 

बिज्ञापन

राष्ट्रपतिबाट मनोनीत हुने एक राष्ट्रियसभा सदस्य पद रिक्त रहेको थियो । सोही रिक्त पदमा पूर्व राजदूत समेत रहेकी शाक्य एमाले कोटामा सिफारिस भएकी हुन् । ‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा’ बोलको गीतमा स्वर समेत दिइसकेकी शाक्यलाई एमाले अध्यक्ष केपी ओलीले ‘साली’ भनेर सम्बोधन गर्ने गरेको निकटस्तहरु बताउने गर्छन । 

शंखुवासभाकी उनी ओली पत्नी राधिका शाक्यको आफ्नै बहिनी भने होइनन् । व्यवस्थापन विषयमा विद्यावारिधी गरेकी शाक्यले पद्मकन्या कलेजमा एक दशक प्राध्यापन समेत गरेकी थिइन । इजरायलका लागि राजदूत भइसकेकी उनी पूर्वसांसद अजयक्रान्ति शाक्यका पत्नी हुन् । 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिजिट भिसामा जोडिएका अधिकृत नेपाल सामान्य प्रशासनमा, सरुवा आतंकको आरोप

लालपुर्जा वितरणमा मालपोत होइन, सीडीओलाई अन्तिम अधिकार

नेपालको ब्याटिङ फेरि चुक्यो, एसिया कपको सपना पनि समाप्त

एउटा निजामती कर्मचारी उत्पादन गर्न कति लगानी गर्दछ राज्यले ?

मधेश स्वास्थ्यमा ‘डबल कमाण्ड’ विवाद : एक चिकित्सकको हातमा दुई अड्डा, कानुनभन्दा बलियो प्रभावशाली सञ्जाल ?

भूपु कर्मचारीको सल्लाह अनुसार ल्याइदैंछ ५५- ३० को प्रावधान

५५ वर्ष उमेर वा ३० वर्षे सेवाअवधि : प्रशासन सुधारको नाममा अर्को ‘कोतपर्व’ को तयारी ?

हालसम्म चार हजारले बुझाए सम्पत्ति विवरण,असार मसान्तसम्म थपियो म्याद

बिशेष