हिँउदे अधिवेशन अन्त्य :-निजामती विद्येयक फेरि अलपत्र

सरकारले आगामी वैशाख २ गतेदेखि हिँउदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै संसदमा कारवाहीको माग गरिरहेको छ । कांग्रेसले संसदीय छानबिन समिति गठनको माग राखेर संसद चल्न अवरोध गरिरहेको कारण कांग्रेसको माग छल्न अधिवेशन अन्त्य गर्न लागिएको हो ।
संसदको हिँउदे अधिवेशनलाई विद्येयक अधिवेशनको रुपमा लिइने गरिन्छ । चालु अधिवेशनमा जम्मा तीन वटामात्र विद्येयकमात्र पारित भएको छ । गत माघ २२ गते सुरू भएको अधिवेशनले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकका अलवा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पारित भएका छन् ।

बिज्ञापन

संविधान पछिको अर्काे कानुन मानिएको संघीय निजामती सेवा विद्येयक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले प्रतिनिधिसभाको बैठकले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । उक्त विद्येयकमा झण्डै१२२ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । सांसदहरु आफैं उपस्थित भएर दर्ता गराएका प्रस्तावलाई मात्र आधिकारिक मानिने संसद सचिवालयका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए । इमेलबाट प्राप्त संशोधन प्रस्तावहरु छलफलको बिषयमात्र बन्न सक्ने उनले जनाए ।

बिज्ञापन

संघीय निजामती सेवा विद्येयक प्रतिनिधि सभाको एउटा सिटिङमा मात्र अल्झिएको छ । आगामी २ वैशाखमा प्रतिनिधि सभाको बैठक बसेको खण्डमा उक्त विद्येयक समितिमा पठाउन सक्छ तर २ वैशाखमा बैठक बस्ने वा नबस्ने टुंगो लागेको छैन । २ वैशाखमा बैठक नबसेको खण्डमा आगामी अधिवेशनसम्म संघीय निजामती सेवा विद्येयक यतिकै अल्झने छ ।

आगामी वैशाख २ गते उक्त विद्येयक राज्यव्यवस्था तथा सुशासन समितिमा पठाइएको खण्डमा उक्त समितिमा छलफल हुने अन्यथा विद्येयक अर्काे अधिवेशनसम्म त्यतिकै अल्झने संसद सचिवलायका एक उपसचिवले कर्मचारी प्रेसलाई बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संघीय निजामती सेवा विद्येयक : आज कर्मचारी ट्रेड युनियनसँग छलफल, भोलि पारित गर्ने तयारी

कक्षा १२ को परीक्षा नरोकिने,निजामती कर्मचारी परिचालन गरेर सञ्चालन हुने

शिक्षक आन्दोलनमा विश्वभरबाट सहयोग र ऐक्यबद्धता प्राप्त

अर्बौंको कर छली गर्ने मालपानी बाणिज्य विभागको फन्दामा

प्रजातान्त्रिक उदार शासन प्रणालीमा कूटनीतिका आयाम

केदारनाथ शर्मा बने भूमि व्यवस्था सचिव

चन्द्रकला पौडेल सचिवमा बढुवा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

बिशेष