फेलै भए पनि थियो फलिफाप,अब ४० अंक ल्याए पास

कर्मचारी छान्ने नेपालको परीक्षा प्रणाली र नियुक्तिको परिपाटी कस्तो अचम्मलाग्दो छ भने, उत्तीर्ण हुनेले मौका पाउँदैनन्, अनुत्तीर्ण हुने धमाधम कालोकोटमा सजिन्छन् ।

बिज्ञापन

संविधानअनुसार न्यायाधीशको कूल दरबन्दीको ८० प्रतिशत प्रतिस्पर्धात्मक विधिद्वारा पदपूर्ति गर्न सूचना निस्कियो । १ सय ९६ ले परीक्षा दिए तर १८ दरबन्दीका लागि खुलेको परीक्षामा तीनजना मात्रै उत्तीर्ण भए । तीमध्ये पनि एकका विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भयो । अर्काको प्रथम श्रेणीमा बढुवा भई जम्मा एकजनाले बिना अन्तर्वार्ता न्यायाधीशको नियुक्ति लिँए । यसपछि अर्को अचम्मको घटना देख्न बाँकी छ– अनुत्तीर्ण १५ जनामध्ये न्यायसेवाका कर्मचारीले पालैपालो ‘वरिष्ठता’ का नाममा जिल्ला न्यायाधीशको नियुक्ति लिन्छन्, काममा जान्छन् ।

बिज्ञापन

०७२ यता एउटै वरिष्ठ अधिवक्ता पास भएर न्यायाधीश हुन सकेका छैनन् । शुरु–शुरुमा अधिवक्ताले कर्मचारीका लागि मात्र बनाएको पाठ्यक्रम हो भन्ने आरोप लगाउँथे, अहिले त कर्मचारी पनि फेल हुन थाले । लोकसेवा लडेरै उत्तीर्ण भएका कर्मचारी जान्दै नजान्ने त होइनन् होला । वरिष्ठ अधिवक्ता कोही छिर्नै नसक्ने, लोकसेवा लडेर नियुक्ति खाएका उपसचिव पनि अनुत्तीर्ण हुने भनेपछि पाठ्यक्रममै केही सुधार गर्नु जरुरी रहेको आवाज अधिवक्ताहरुबाट उठ्दै आएको थियो । अन्तत उक्त माग सम्बोधन भएको छ । अब ४० अंक ल्याएपछि न्यायधीश बन्ने बाटो खुल्ने भएको छ ।

गत बर्षमात्र न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीशका लागि परीक्षा लियो । परीक्षामा सहभागी भए सहभागी भए २११ जना । गत साउन १६ गतेदेखि २० गतेसम्म भएको लिखित परीक्षामा सहभागी मध्ये १ जना मात्र उत्तीर्ण भए का । आयोगले आन्तरिक खुलातर्फ १५ जना, खुलातर्फ ७ जना, महिला २ जना, आदिवासी जनजाति २ जना, मधेशी २ जना र दलित १ जना गरी कुल २९ जना जिल्ला न्यायाधीशका लागि परीक्षा लिएको थियो । त्यसमा पारसमणि पोखरेल एक जनामात्र उत्र्तीण भए ।
यस्तै न्याय सेवा आयोगले ०७४ सालयता १११ जिल्ला न्यायाधीशका लागि विज्ञापन खुलाइँदा लिखित परीक्षामा सहभागी १ हजार १ सय १ जनामध्ये ६९ जना मात्र उत्तीर्ण भएका थिए । ०७४ सालमा आयोगले ३० जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गरेकोमा ३ सय ७३ उम्मेदवार लिखित परीक्षामा सहभागी रहेकोमध्ये ३१ जना उत्तीर्ण भएको आयोगले जनाएको छ । यसरी लिखित परीक्षामा फेल भएका उपसचिवलाई नै पछि जिल्ला न्यायाधीशमा नियुक्ति गरिँदै आएको छ । यो भनेको सिष्टमकै उपहास गरेजस्तो भएन र ?

बिज्ञापन

यस्तो हुनुमा परीक्षा प्रणाली नै दोषी देखाउँदै आइएको थियो । यस अघि न्यायधीश बन्नका लागि परीक्षामा न्यूनतम ५० अंक ल्याउनुपर्ने प्रावधान थियो । यस्तो प्रावधान विगत आठ बर्षदेखि चल्दै आएको छ । यही प्रणालीबाट हालसम्म १६ जना मात्र परीक्षा पास गरेर न्यायाधीश भएका छन् ।

अब न्यायधीश बन्नका लागि ४० अंकमात्र ल्याए पुग्ने भएको छ । केही नेपाल ऐन संशोधन विधेयकमा सरकारले प्रचलित (न्याय सेवा आयोग) ऐन को दफा १३ को उपदफा ४ मा संशोधन गर्दै ‘जिल्ला न्यायाधीश पदमा नियुक्तिको लागि सिफारिस गर्न आयोगले लिने परीक्षामा उत्तीर्ण हुनको लागि प्रत्येक पत्रमा कम्तीमा ४० प्रतिशत अंक प्राप्त गर्नु पर्नेछ’ भन्ने संशोधन ल्याएको थियो ।

आज बसेको कानुन न्याय तथा मानव अधिकार समितिले आइतबार यसलाई पास गरेसँगै अब ४० अंक ल्याउने परीक्षार्थी न्यायधीशको परीक्षामा पास हुने बाटो खुलेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अब सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री कार्यालय मातहत,सरुवा वोर्डले गर्नेछ कर्मचारी सरुवा

हिमालको निःशब्द करुण क्रन्दन

प्रधानमन्त्री बालेन शाहद्वारा सवारी खर्चको विवरण माग

१५९४ पदाधिकारी पदमुक्त हुँदा कसरी जोगिए गभर्नर ?

अनामनगरको सात तले भवनमा चल्यो डोजर

पूर्व प्रधानमन्त्री कार्कीद्धारा शक्तिको दुरुपयोग : दशकदेखि तीन आना सरकारी जग्गा अतिक्रमण

बालेन सरकारविरुद्ध पाँच लाख श्रमिक सडकमा उतार्ने अध्यक्ष ढकालको चेतावनी

मूल्यवृद्धिको मारमा उपभोक्ता: बिचौलिया, मिलेमतो र कमजोर राज्य नियमनको घातक चक्र

बिशेष