खगराज मुख्यमन्त्रीको कुर्सीमा,काँग्रेस सर्वाेच्चमा

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका अधिकारी दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
केन्द्रमा नयाँ गठबन्धन बनेसँगै ११ महिना पछि उनी पुन मुख्यमन्त्रीका रुपमा फर्किएका हुन । उनलाई संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएमा मुख्यमन्त्री नियुक्त गर्न सकिने व्यवस्थाअनुसार मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नेकपा एमालेका २२, माओवादीका सभामुखसहित ८ र एकीकृत समाजवादी त्यागेर स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे)सहितको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका हुन् ।

बिज्ञापन

अधिकारीले आज बिहान एमालेका २२, माओवादी केन्द्रका ८ र एक जना स्वतन्त्र सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । उनी यसअघि उनी २०७९ पुष २५ देखि गत बैशाख १४ गतेसम्म मुख्यमन्त्रीको जिम्मेवारीमा थिए । आजै नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले नेकपा माओवादी केन्द्रबाट एकजना र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्री बनाउन लागेका हुन् ।

बिज्ञापन

यता एमाले नेता खगराज अधिकारी मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भन्दै नेपाली कांग्रेस सर्वोच्च अदालत जाने तयारी थालेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेन सरकारको सफलतामा भुल्नै नमिल्ने दुई नाम : डा भुषाल र कार्की

राजस्व अनुसन्धान विभाग खारेजपछि भेप तस्करी मौलायो: रसुवामा ३६ लाख बढीको भेपसहित ८ पक्राउ

फरक प्रकृतिका पावर सेन्टर मर्ज,झनै भद्रगोल थपिने कर्मचारीको चिन्ता

सपनादेखि सफलतासम्म : झापाका ६ जनाको प्रेरक उपलब्धि

श्रम सहचारी र वाणिज्यदूतको खटनपटन अब परराष्ट्रबाट

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

बिशेष