खगराज मुख्यमन्त्रीको कुर्सीमा,काँग्रेस सर्वाेच्चमा

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका अधिकारी दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
केन्द्रमा नयाँ गठबन्धन बनेसँगै ११ महिना पछि उनी पुन मुख्यमन्त्रीका रुपमा फर्किएका हुन । उनलाई संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएमा मुख्यमन्त्री नियुक्त गर्न सकिने व्यवस्थाअनुसार मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नेकपा एमालेका २२, माओवादीका सभामुखसहित ८ र एकीकृत समाजवादी त्यागेर स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे)सहितको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका हुन् ।

बिज्ञापन

अधिकारीले आज बिहान एमालेका २२, माओवादी केन्द्रका ८ र एक जना स्वतन्त्र सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । उनी यसअघि उनी २०७९ पुष २५ देखि गत बैशाख १४ गतेसम्म मुख्यमन्त्रीको जिम्मेवारीमा थिए । आजै नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले नेकपा माओवादी केन्द्रबाट एकजना र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्री बनाउन लागेका हुन् ।

बिज्ञापन

यता एमाले नेता खगराज अधिकारी मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भन्दै नेपाली कांग्रेस सर्वोच्च अदालत जाने तयारी थालेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जन्तीबाख्रो सार्वजनिक

प्रधानमन्त्री ओलीको रोजाईका महामहिम वलीका कार्यशैलीप्रति थाइ नेपाली असन्तुष्ट

उत्कृष्ट राष्ट्रसेवकको तक्मा-पुरस्कार थापेका कर्मचारी नै भ्रष्टाचार मुद्धामा

परराष्ट्रका २८ नायब सुब्बा अधिकृतमा बढुवा

यी हुन शाखा अधिकृतमा बढुवा सिफारिस भएका ३५ कर्मचारी

१५ शाखा अधिकृत उपसचिवमा बढुवा

सचिव बढूवाको लाइनमा रहेका अर्काे सहसचिव पनि निलम्बित

एकै पटक २१ वटा सरकारी कार्यालयबाट तलब बुझ्ने पत्रकार अख्तियारको फन्दामा

बिशेष