नेपाली सेनामा सरुवा आतंक

प्रधानसेनातपति प्रभुराम शर्माले आफू घर जानु ६ महिना अघि एक पटक नेपाली सेनाका डेढ दर्जन अधिकृतहरुको सरुवा गरेका छन् । सरुवाको दुई वर्ष नपुगी प्रधानसेनातिले उनीहरुको सरुवा गरेका हुन् । सरुवा प्रधानसेनापतिले आफू अनुकुलका अधिकृतलाई ल्याएको स्रोतले जनाएको छ ।

बिज्ञापन

नेपाली सेनाले डेढ दर्जन अधिकृतहरुको सरुवा गरेको छ । सेनाले प्रमुख सेनानीसहितका अधिकृतहरुलाई काज नियुक्ति (पदस्थापन) र सरुवा गरेको हो । सैनिक स्रोतले दिएको जानकारी अनुसार सैनिक प्रहरी गणका प्रमुख सेनानी दिनेश गौतमलाई नेपाली सैनिक वार कलेजमा लगिएको छ ।

बिज्ञापन

मध्यपश्चिम पृतना हेडक्वार्टरका प्रमुख सेनानी सुभाषचन्द महत सैनिक कमाण्ड तथा स्टाफ कलेज पुगेका छन् । सेनानी विशालबहादुर शाहको सैनिक प्रहरी गणमा सरुवा भएको छ । अनुशासनहिन सैनिकहरुलाई पक्राउ गरेर थुन्ने सैनिक प्रहरी गण (मिलिटरी पुलिस) मा उनी आइपुगेका हुन् । यसअघि गुणस्तर नियन्त्रण महाशाखामा कार्यरत थिए ।

नेपाली सैनिक प्रतिष्ठानका सहसेनानी भीमसेन देवकोटालाई सुरक्षा तथा समारोह व्यवस्था सचिवालय, प्रधानमन्त्रीको कार्यालय, भगवतीदल गणका सहसेनानी भीमबहादुर भुजेललाई सैनिक उच्च शिखर शिक्षालयमा लगिएको छ ।

बिज्ञापन

गुरुबक्स गुल्मका सहसेनानी सरोज कोइराला,महावीर गण (रेञ्जर) का सहसेनानी अरुण थापा र कालीभञ्जन गण (ई) का सहसेनानी शिखा गुरुङ्गको नेपाली सैनिक प्रतिष्ठानमा पदस्थापन गरिएको छ । नम्बर ६ युद्धकवच गुल्मका सहसेनानी अमिर मोक्तान,नम्बर १५ बाहिनी अड्डाका क्याप्टेन गोविन्द थापा र नम्बर १ राजदल गणका सहसेनानी सुशान्तसिंह भण्डारीको पदस्थापन पनि प्रतिष्ठानमै भएको छ ।

चरक (गुप्तचर) बाहिनीका सहसेनानी कृष्णबहादुर थापा सैनिक ईण्टेलिजेन्स शिक्षालयमा काज नियुक्ति भएका छन् । प्रधानसेनापतिको कार्यालयमा सहसेनानी राजु श्रेष्ठ आएका छन् । उनी युद्धभैरव गणमा थिए ।

सहसेनानी अस्मित सिल्वाल,राजु श्रेष्ठ, डा.अविन अधिकारीलाई सैनिक उच्च शिखर शिक्षालयमा लगिएको छ । उनीहरु क्रमशः भैरववाहन गुल्म, भैरवदल गण,वीरेन्द्र अस्पतालमा कार्यरत थिए । पशुपतिप्रसाद गणका उपसेनानी प्रशान्त फडेराको नेपाली सैनिक व्याटल स्कूलमा सरुवा भएको छ । नेपाली सेनाले एकै पटक उनीहरुको सरुवा गरेको हो । दृष्टिबाट

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चिप्लिए निर्णयकर्ता : हिजो सामान्यको सरुवामा,आज क्याविनेटको निर्णयमा

यता अधिकृतस्तरका २० जनाको अस्थायी दरबन्दी स्वीकृत,उता ३ सय ३३ को दरबन्दी कटौती

सेनामा जुत्ता काण्ड

सहसचिव र उपसचिव तहको विज्ञापन स्थगन

स्वास्थ्य मन्त्रालय ‘सेटिङ सेन्टर’मा रुपान्तरण:-सचिवदेखि निर्देशकसम्म छानबिन गर्ने अख्तियारमा उजुरी

१० उपसचिव,१८ अधिकृत सहित ३३ कर्मचारीको सरुवा

नायब सुव्वा र खरिदार तहका कर्मचारीहरुको सरुवा

१० शाखा अधिकृतको सरुवा,स्थानीय तहबाट ४ निर्वाचन आयोगमा ल्याइँदा सामान्यबाट एक पुगे स्थानीय तह

बिशेष