एक वर्षमा प्रहरीद्वारा ६ अर्ब ६३ करोड राजस्व असुली   

काठमाडौं । नेपाल प्रहरीले राजस्वमा एक वर्षमा साढे ६ अर्ब रुपैयाँभन्दा बढीको योगदान गरेको छ । अवैध मालसामान बरामद, अदालती फैसला कार्यान्वयन र ट्राफिक जरिवानाबाट उल्लेख्य परिमाणमा राजस्व संकलन गरेको हो ।

बिज्ञापन

नेपाल प्रहरीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २०७९ चैत १० देखि गत फागुन ३० गतेसम्मको एक वर्षको अवधिमा ६ अर्ब ६३ करोड ३९ लाख ३२ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको जनाएको छ ।

बिज्ञापन

प्रहरी प्रवक्ता एवं डीआइजी भीमप्रसाद ढकालले उक्त अवधिमा सबैभन्दा धेरै राजस्व अवैध मालसामान बरामद शीर्षकबाट २ अर्ब ७५ करोड १ लाख ६ हजार रुपैयाँ उठाएको जानकारी दिए ।

उनका अनुसार प्रहरीले एक वर्षभित्र फैसला कार्यान्वयनतर्फ १३ हजार १ सय २२ जना फरार अपराधीलाई नियन्त्रणमा लिई अदालती प्रक्रिया पूरा गरी जरिवाना बापतको अदालती फैसला कार्यान्वयन शीर्षकमा १ अर्ब ९७ करोड ९६ लाख १६ हजार रुपैयाँ उठाएको छ ।

बिज्ञापन

त्यसपछि अवैध सुन बरामदबाट पनि धेरै राजस्व संकलन गरेको छ । अवैध सुन बरामदबापत ४३ करोड ३५ लाख ३ हजार रुपैयाँ राजस्व प्रहरीले उठाएको छ । यस्तै प्रहरीले २ करोड १३ लाख ८ हजार रुपैयाँ बराबरको चाँदी, ६ करोड ७८ लाख ६८ हजार रुपैयाँ बराबर अवैध मुद्रा, ४३ लाख ६५ हजार ५ सय रुपैयाँ हुण्डी कारोबारबाट संकलन गरेको छ ।

यसैगरि ७ करोड २५ लाख ८३ हजार रुपैयाँको अवैध वैदेशिक मुद्रा बरामद गरेको प्रहरीले अवैध काठबाट ७ करोड ९१ लाख १७ हजार र अवैध नदीजन्य पदार्थ उत्खनन गर्नेहरुबाट ३ करोड ५२ लाख ३५ हजार रुपैयाँ राजस्व उठाएको छ ।

ट्राफिक नियम उल्लंघन तथा ट्राफिक प्रहरीको कारवाहीमा परेका सवारी चालकहरुबाट प्रहरीले एक वर्षमा १ अर्ब ८६ करोड ५२ लाख २६ हजार ३ सय ५४ रुपैयाँ जरिवाना भराएकोछ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

फाजिलमा परेका खरिदारदेखि शाखा अधिकृत तहका ६८ कर्मचारीको व्यवस्थापन

आयल निगमको कार्यकारी निर्देशक कसलाई ?

शाखा अधिकृतलाई सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

वनका हाकिमविरुद्ध भ्रष्टाचार मुद्धा दायर

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा तीन जनाको अन्तिम प्रतिस्पर्धा, मन्त्रिपरिषद्ले गर्ने एक जनाको नियुक्ति

सहसचिवमा प्रथम भएका विजयकुमार शर्माको लोकसेवा टिप्स

कस्ले बुझ्छ र हामी करारका कर्मचारीहरुको कहर ?

सुनसरीका दुई गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा

बिशेष