एनआईसी एसिया बैंकको उत्कृष्ट कदम:ब्याजदर बढाउने एक्लो बैंक

वाणिज्य बैंकहरूले चैत्र महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । चैत्र महिनाका लागि अधिकांश बैंकहरूले ब्याजदर घटाएका छन् ।

बिज्ञापन

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १७ वटा वाणिज्य बैंकले ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । दुई बैंकले भने फागुन महिनाकै ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।चैत्र महिनाका लागि ब्याजदर बढाउने बैंकहरूमध्ये एन एनआईसी एशियाले व्यक्तिगत मुद्दतितर्फ ८.५४ प्रतिशत प्रतिशत तोकेको छ । फागुनमा एनआईसी एशियाले ८ प्रतिशत ब्याज प्रदान गरेको थियो । एनआईसीले संस्थागत मुद्दातितर्फ ७.५४ प्रतिशत ब्याजदर तोकेको छ ।

बिज्ञापन

बैंकले चैत महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ७.५० प्रतिशत,३ महिनादेखि १२ महिनाका लागि ८.१०० प्रतिशत,१२ महिनाका लागि ८.२५० प्रतिशत,१२ देखि १८ महिनासम्मका लागि पनि ८.२५० प्रतिशत र १८ महिनादेखि १८० महिनासम्मका लागि ८.५४८ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि वृद्धि गरेको छ । फागुन महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ६ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले चैत महिनाका लागि भने ७.५४८ प्रतिशत प्रदान गर्ने भएको छ ।

बिज्ञापन

बैंकले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि १२ महिनासम्मका लागि ७.२०० प्रतिशत र १२ महिना वा १२ महिनादेखि १८० महिनासम्मका लागि ७.५४८ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

चैत्र महिनामा प्रभु बैंक र ग्लोबल आइएमइ बैंकले ब्याजदर स्थिर राखेका छन्।प्रभु बैंकले व्यक्तिगत मुद्दतिको ब्याजदर अधिकतम ७.५ तोकेको छ भने संस्थागततर्फ भने ब्याजदर भने १ प्रतिशत बढाएर ६.५ प्रतिशतका कायम गरेको छ ।त्यस्तै ग्लोबलले पनि मुद्दतिको ब्याजदर अधिकतम ७.५ ब्याजदर कायम गरेको छ । बैंकले संस्थागततर्फ १ प्रतिशत ब्याज बढाएर ६.५ प्रतिशत तोकेको छ ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ५.३५ प्रतिशत, सिटिजन्स बैंकले व्यक्तिगत मुद्दति तर्फ ७.७५ प्रतिशत र संस्थागत तर्फ ६.१५ प्रतिशत, एभरेष्ट बैंकले व्यक्तिगत तर्फ ६.५ प्रतिशत र संस्थागत तर्फ ५.५ प्रतिशत, सानिमा बैंकले व्यक्तिगत मुद्दति निक्षेप तर्फ ७.२५ प्रतिशत र संस्थागत तर्फ ६.२५ प्रतिशत, नबिल बैंकले व्यक्तिगत तर्फ ७.२५ प्रतिशत र संस्थागत तर्फ ६.२५ प्रतिशत ब्याजदर दिने भएको छ ।

यसैगरी स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ५.२५ प्रतिशत, कुमारीले व्यक्तिगत तर्फ ७.५१ प्रतिशत र संस्थागत तर्फ ६.५१ प्रतिशत, सिद्धार्थ र लक्ष्मी सनराइजले व्यक्तिगत तर्फ ७.५ प्रतिशत र संस्थागत तर्फ ६.५ प्रतिशत बराबरी, हिमालयन बैंकले व्यक्तिगत तर्फ ७.५ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत, नेपाल एसबिआईले व्यक्तिगत तर्फ ७.०१ प्रतिशत र संस्थागत तर्फ ६.०१ प्रतिशत ब्याज प्रदान गर्ने भएका छन् ।

सबैभन्दा कम ब्याजदर भने कृषि विकास बैंकले व्यक्तिगत निक्षेपमा ५.६६१ प्रतिशत र संस्थागत निक्षेपमा ४.०१ प्रतिशत ब्याजदर कायम गरेको छ ।त्यस्तै माछापुच्छ्रे बैंकले व्यक्तिगत तर्फ ७.७५ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत ब्याजदर तोकेको छ । प्राइम कर्मसियल बैंकले व्यक्तिगत मुद्दति तर्फ ७.२५ प्रतिशत र संस्थागत तर्फ ६.६ प्रतिशत ब्याजर तोकेको छ ।

त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत, नेपाल बैंकले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत, एनएमबि बैंकले व्यक्तिगत मुद्दति निक्षप तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष