कौडीको भाउमा विदेशीलाई नेपाली नागरिकता बेच्ने अधिकृतद्धय पक्राउ

६ बर्ष अघि जिल्ला प्रशासन कार्यालयमा बसेर बदमासी गर्ने अधिकृतद्धय अहिले पक्राउ परेका छन् । प्रशासनमा बसेर विदेशी नागरिकलाइृ नेपाली नागरिकता दिनदेखि दोहोरो नागरिकता जारी गर्ने बदमासीमा मुछिएका अधिकृतहरुलाई अहिले प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

यसरी पक्राउ परेका कर्मचारी हुन झपेन्द्रराज खरेल र रामचन्द्र अर्याल ।अर्याललाई केही दिन अघि मात्र हेटौंडाबाट समाएर ल्याइएको छ भने खरेललाई प्रहरीले हिजो पक्राउ गरेको हो । खरेल,२०७४ भदौबाट इलाका प्रशासन कार्यालय महाभारत घर्तीछापको दरबन्दीमा हाजिर भए । उनैले दोहोरो नागरिकता दिने अघि अहिले सुन तस्करीमा मुछिएका विदेशीहरुलाई समेत नागरिकता दिलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।प्रहरीका अनुसार बेल्जीयम नागरिक दावा छिरिङ (नेपाली नाम निमा तामाङ) लाई ६ बर्ष अगाडि २०७४ साल पुस २० गते नागरिकता जारी गरेका थिए । यसरी विदेशीलाई दोहोरो नागरिकता जारी गर्ने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन प्रशासकीय अधिकृतले गरेका बताइन्छ । प्रशासनले ३०–०१–७४–११८६८ नम्बरको नागरिकता नागरिकता जारी गरेका थिए भने यही नम्बरको काठमाडौ महानगरपालिका–४ स्थायी ठेगाना भएका राजु गुरुङले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका स्थायी ठेगाना राखी काभ्रेपलाञ्चोकबाट २०७४ मङ्सिर १३ गते ३०–०१–७४–१०९७७ नम्बरको दोहोरो नागरिकता जारी गरेको भेटिएको थियो । उनी हाल सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा अधिकृत सातौँ तहमा कार्यरत छन् ।एकै दिन जिल्ला प्रशासन कार्यालयले ५१ वटा नागरिकता वितवरण गरेको भेटिन्छ ।   ११८३० बाट ११८७१ नम्बरसम्मको नागरिकतामध्ये ११८६० बाट मात्रै खरेलको हस्ताक्षर छ । त्यसअघिको ४० वटा नागरिकतामा अधिकृत सीताराम थापाले सही गरेका छन् ।

बिज्ञापन

यस अघि प्रहरीले विदेशी नागरिकलाई झूठा विवरण राखी नागरिकता दिन सनाखत गरेको आरोपमा प्रशासन कार्यालयका तत्कालिन नायव सुब्बा हाल बागमती प्रदेश सभा सचिवालयमा अधिकृत छैटौँ तहमा कार्यरत ललितपुर महालक्ष्मी नगरपालिका–५ का रामचन्द्र अर्याललाई पक्राउ हेटौडाबाट पक्राउ गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेमा नायब सुब्बाका रुपमा कार्यरत रहँदा सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिकहरु दावा छिरिङ र दावावाजिन वाङलाई वंशजको आधारमा नागरिकता दिलाउने उनको ठूलो भूमिका रहेको आरोप छ । अर्यालका दाजु म्यानपावर व्यवसायी हुन् । उनले अर्घाखाँचीका दुई जना श्रीमान श्रीमतीलाई नक्कली कागजात बनाएर नागरिकता दिलाएको समेत खुलेको छ । उनका दाजुले त्यसरी नागरिकता लिएका व्यक्तिहरूलाई विभिन्न मुलुक पठाउने गरेका थिए । उक्त विषयमा पनि अझै छानबिन भएको छैन ।
पाँच वर्षअघि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गरेको छानबिनका क्रममा निमालगायत ३ सय ५० जना विदेशी नागरिकले नागरिकता लिएको तथ्यसहितको प्रतिवेदन गृह मन्त्रालयमा पुगेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नागार्जुन नगरपालिकामा अख्तियारको छापा, विभिन्न कागजात नियन्त्रणमा

दुई सिडियो बीच बाटो बाटै सरुवा

भारतका वाणिज्य मन्त्रीसँग नेपाली उद्योगमन्त्रीको भेट, पारवहन सन्धिमा संशोधित प्रोटोकल आदान–प्रदान

शहरी विकास मन्त्रालयमा ठूलो हेरफेर : रविन्द्र बोहरा भवन निर्माण विभागको महानिर्देशक

विचौलियाको स्वार्थ अनुकुल कलम नचोप्दा लखेटिएका बराल दुई बर्षपछि अर्थमा भित्रिए

जेनजीको शासन : डिम्बको अवैध कारोबार गर्नेदेखि सहकारी ठगी गर्नेलाई उन्मुक्ति

अवकाशकै भोलिपल्ट आइजीपीमाथि जाँचबुझ आयोगको एक्सन

सातै प्रदेश सरकारलाई पिआइएस पोर्टलमा पहुँच, स्थानीय तहका र समायोजन भएका ६६ हजार कर्मचारी प्रत्यक्ष लाभन्वित

बिशेष