४ करोड भ्रष्टाचार मुद्धामा ८ जनालाई सफाइ

विशेष अदालतले चार करोडको भ्रष्टाचार मुद्धामा आठ जनालाई सफाई दिएको छ । अख्तियारले गत साउन २५ मा दायर गरेको मुद्धामा विशेष अदालतले ६ महिनामै फैसला सुनाउँदै उनीहरुलाई क्लिन चिट दिएको हो ।

बिज्ञापन

अख्तियारले गत साउन २५ मा भोटाहिटीस्थित साझा भण्डार सहकारी संस्थाको जग्गा कम मूल्यमा बिक्री गरेको अभियोगमा अख्तियार दुरुपयोग साझाका तत्कालीन अध्यक्ष जयकुमार खड्का तथा संचालक समितिका सदस्यहरू आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोला प्रसाद न्यौपाने र सदस्य सचिव तथा महाप्रबन्धक अमर थापालगायतका विरुद्ध चार करोड चार लाख चौबिस हजार एक सय एकासी रुपैयाँ बिस पैसा रुपैयाँ मागदावी गर्दै मुद्धा चलाएको थियो । आयोगले दायर गरेको मुद्दामा बिशेष अदालतले बिहीबार फैसला सुनाएको हो ।यसमा जग्गा किन्ने सुरोज गिरी र गीताकुमार शाहीलाई समेत आयोगले प्रतिवादी बनाएकोमा उनीहरुले पनि सफाइ पाएका छन् ।
यता विशेष अदालतमा नयाँ नेतृत्व आएसँगै मुद्धा फैसलाको क्रमले तिव्रता पाएको छ अदालतका अनुसार फागुन मसान्तसम्मको अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका ३५९ थान मुद्दा र यस आर्थिक वर्षमा दर्ता भएका १२७ गरी ४८६ थान मुद्दामध्ये ३२७ थान मुद्दा फर्छ्यौट गरेको छ । अदालतले यस आर्थिक वर्षको अन्त्यसम्ममा पुराना सबै मुद्दा र नयाँ दर्ता भएकामध्ये ५० प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य रहेको जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बेलायतबाट स्वदेश फिर्ता हुन लागे राजदूत घिमिरे

महाधिवेशन बिना चुनावमा जानु उचित होइन : मोहन आचार्य

अब प्यान नम्बर लगायतका करसम्बन्धी सेवाहरु स्थानीय तहबाटै पाइने

काठमाडौं महानगरले माग्यो करार सेवामा ४४ कर्मचारी

अर्थ मातहतका ३९ वटा कार्यालय खारेजी,३०२ को दरबन्दी कटौती

जेनजी विद्रोह पछि समेत सुध्रिएनन कर्मचारी,रगेहात पक्राउ पर्दैछन् धमाधम

स्थानीय तहमा खटाइएका १७ उपसचिवले उल्टाए सरुवा

खरिदारदेखि उपसचिवसम्मका ४६ कर्मचारीको सरुवा

बिशेष