४ करोड भ्रष्टाचार मुद्धामा ८ जनालाई सफाइ

विशेष अदालतले चार करोडको भ्रष्टाचार मुद्धामा आठ जनालाई सफाई दिएको छ । अख्तियारले गत साउन २५ मा दायर गरेको मुद्धामा विशेष अदालतले ६ महिनामै फैसला सुनाउँदै उनीहरुलाई क्लिन चिट दिएको हो ।

बिज्ञापन

अख्तियारले गत साउन २५ मा भोटाहिटीस्थित साझा भण्डार सहकारी संस्थाको जग्गा कम मूल्यमा बिक्री गरेको अभियोगमा अख्तियार दुरुपयोग साझाका तत्कालीन अध्यक्ष जयकुमार खड्का तथा संचालक समितिका सदस्यहरू आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोला प्रसाद न्यौपाने र सदस्य सचिव तथा महाप्रबन्धक अमर थापालगायतका विरुद्ध चार करोड चार लाख चौबिस हजार एक सय एकासी रुपैयाँ बिस पैसा रुपैयाँ मागदावी गर्दै मुद्धा चलाएको थियो । आयोगले दायर गरेको मुद्दामा बिशेष अदालतले बिहीबार फैसला सुनाएको हो ।यसमा जग्गा किन्ने सुरोज गिरी र गीताकुमार शाहीलाई समेत आयोगले प्रतिवादी बनाएकोमा उनीहरुले पनि सफाइ पाएका छन् ।
यता विशेष अदालतमा नयाँ नेतृत्व आएसँगै मुद्धा फैसलाको क्रमले तिव्रता पाएको छ अदालतका अनुसार फागुन मसान्तसम्मको अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका ३५९ थान मुद्दा र यस आर्थिक वर्षमा दर्ता भएका १२७ गरी ४८६ थान मुद्दामध्ये ३२७ थान मुद्दा फर्छ्यौट गरेको छ । अदालतले यस आर्थिक वर्षको अन्त्यसम्ममा पुराना सबै मुद्दा र नयाँ दर्ता भएकामध्ये ५० प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य रहेको जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

शिक्षा विद्येयकको मस्यौदामाथि सरोकारवालाहरुसँग छलफल

लामिछानेको चीन भ्रमण अन्तिम समयमा स्थगित

काठमाडौंका होस्टेलहरूलाई एक महिने अल्टिमेटम, प्रशासनको २१ बुँदे कडा निर्देशन

व्यापारीले रोजेका कर्मचारीलाई ठाउँ ठाउँमा

फेरि शुरु भयो नाम गिजोल्ने काम

निजामती अस्पतालको क्यान्टिनको खानामै भेटियो किरा

बिशेष