राजीनामा गर्न प्रधानमन्त्रीको सुझाव मुख्यसचिवले मानेनन्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न अनियमितामा मुछिएका मुख्यसचिव वैकुण्ठ अर्याललाई पदबाट राजीनामा गर्न सुझाव दिएका छन् । मुख्य सचिवले भने आनाकानी गरिरहेको बालुवाटार स्रोतले बतायो ।

बिज्ञापन

योजना अनुसार सबै काम कुरो मिलेको भए फागुन २० गते आइतबार विशेष अदालतमा टेरामक्स खरिदसम्बन्धी मुद्दा दायर हुन्थ्यो । अख्तियारको तयारी पनि आइतबार नै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गर्ने नै थियो । त्यही अनुसार अख्तियारले ब्रिफिङ समेत गरेको थियो । तर प्रतिवादी बनाउनुपर्ने व्यक्ति कर्मचारीहरूको सर्वोच्च पदमा रहेको कारण त्यो सहज थिएन ।

बिज्ञापन

मुख्यसचिवले राजीनामा नदिएर नियमित काम गरिरहेकोमा प्रधानमन्त्री उनीसँग असन्तुष्ट बनेका छन् । अर्यालका कारण आफ्नो र सरकारको छविमा पनि आँच आउन सक्ने भन्दै प्रधानमन्त्रीले थप दवाव दिएर राजीनामा गर्न लगाउने सम्भावना पनि रहेको बताइएको छ ।

मुख्य सचिव अर्याल टेरामेक्स,विकल पौडेलसँगको आर्थिक कारोवारका अलवा टेलिकम कम्पनीहरुको गेट–वे छलेर हुने कल बाइपास र राजस्व चुहावट नियन्त्रणका लागि टेरामक्स प्रणाली खरिदसम्बन्धी अनियमिततामा मुछिएपछि उनलाई बिदा बसेर मार्गप्रशष्त गर्न निर्देशन दिइएको हो । मुख्यसचिव बैकुण्ठ अर्याललाई आजदेखि बिदामा बस्न भनिएको छ । नेपाल टेलिकमको बिलिङ सिस्टममर्मत अनियमित सम्झौतामा मुछिएको समाचारपछि उहाँलाई बिदामा बस्न प्रधानमन्त्रीले हिजै राती निर्देशन दिनुभएको बताइएको छ ।

बिज्ञापन

अर्याल बिदामा बसेपछि मन्त्रिपरिषद सञ्चालनको निम्ति निमित्त मुख्यसचिवको खोजी भएको छ । त्यसबारे फाइनल नभइसकेको बालुवाटार स्रोतको दावी छ ।अख्तियारले यी प्रकरणमा जोडेर अर्याललाई समेत प्रतिवादी बनाएर मुद्धा चलाएको खण्डमा मुख्यसचिवलाई नै भ्रष्टाचार मुद्दामा डामिएको पहिलो उदाहरण बन्ने रुछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

महालक्ष्मी नगरपालिकामा प्रशासनिक कायापलट : अमित ढुङ्गाना आएपछि सेवा प्रवाहदेखि डिजिटल शासनसम्म परिवर्तन

समाचारबारे खण्डन : तथ्यहीन आरोपबाट भ्रम फैलाइएको भन्दै योजना प्रमुख पन्तको आपत्ति

शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, यस्ता छन् क्याविनेटका अरु निर्णयहरु

बालेन्द्र शाह नेतृत्वको सरकारलाई कर्मचारी युनियनको बधाई: संघीय निजामती ऐन र वृत्ति विकासमा जोड

यस्तो छ मन्त्रीहरुको वरियता

पत्रकारिता पृष्ठभूमिकी रावलको काँधमा कर्मचारी र भूमि प्रशासनको जिम्मेवारी,के के छन् चुनौती ?

बिशेष