चौधरीले चिप्ल्याउने खतरा छ है श्रीमान

डलर अर्बपति जहाँ छि¥यो त्यहीँ लफडा ! उनै विनोद चौधरीले सरकारी जग्गा मात्र होइन, एउटा आइएनजिओको श्रीसम्पत्तिमा आँखा गाढेर उसलाई खेलाउनु हत्तु खेलाइरहेका छन् । प्रशासन, राष्ट्र बैंक हुँदै यो प्रकरण सर्वाेच्च अदालतमा पुगेर अड्किएको छ ।

बिज्ञापन

प्रसंग जोडिन्छ थापाथली हाइटस्थित युएमएन नामक आइएनजिओसँग । त्यहाँको ६ रोपनी ३ आना २ पैसा जग्गा खरिद गर्दा युएमएनले नै पैसा हालेको हो खनखनी गरेर ७० लाख । नेपालकै पहिलो आइएनजिओ हो त्यसको आफ्नै आम्दानीको स्रोत छैन । जसरी हाम्रा मन्दिरमा चन्दाको बाकस राखिन्छ उसैगरी विदेशका चर्चलाई क्रिश्चियन धर्मावलम्बीले १० आम्दानीमध्येबाट दिएको सहयोगकै पैसाबाट यो संस्थाले नेपालमा बुटवल पावर कम्पनी खडा गरी हिमाल हाइड्रो पावर चलाएको थियो । न त त्यो गैरसरकारी संस्था हो, न संस्था दर्ता ऐनअनुसारै दर्ता भएको छ । शुरुमा युएमनले परराष्ट्र मन्त्रालयसँग सम्झौतामार्फत् काम गर्दै आएकोमा आर्थिक कारोबार जोडिएपछि सन् २०५७ सालमा अर्थ मन्त्रालयअन्तर्गतको वैदेशिक सहयता महाशाखासँग जोडियो । अस्पताल, विद्यालयलगायत सामाजिक कल्याणका काम गरिरहेको हुँदा समाजकल्याण परिषद्सँग तिर पनि सरोकार रहने नै भयो । नेपाल हाइड्रो इलेक्ट्रिक लिमिटेडलगायत संस्था समेत यसैगरी चलायो ।

बिज्ञापन

नेपालको कानुनअनुसार कुनै पनि विदेशी संस्थाले अचल सम्पत्ति आफ्नो नाममा किन्न पाउँदैन । यसर्थ ०४४ सालतिर युएमएनले घर जग्गा खरिद प्रक्रिया अगाडि बढायो । तर, विदेशी संस्थालाई अचल सम्पत्ति जोड्न कानुनी अड्चन आइलागेपछि सन् १९७८ मा हिमाल हाइड्रो एण्ड जेनरल कन्स्ट्रक्सन लिमिटेडको नाममा घरजग्गा खरिद भयो ।

शुरुमा यसको ९० प्रतिशत शेयर स्वामित्व थियो । कालान्तरमा ११.४४८ प्रतिशतमा झ¥यो । काठमाडौंको मुटु मानिने थापाथली हाइट सेन्ट जेभियर्स कलेजको पछाडि घरेलु विकास नजिकै ६ रोपनी २ आना ३ पैसामा फैलिएको जग्गा हिमाल हाइड्रो एण्ड जेनरल कन्स्ट्रक्सन लिमिटेडको नाममा किनिएको हो । काठमाडौं महानगरपालिका–११ को कित्ता नम्बर ९९५ र ९९४ मा क्रमशः ३ रोपनी २ आना ३ पैसा र ३ रोपनी क्षेत्रफलको घरजग्गा किन्दाको ७० लाख युएमएनकै थियो, जग्गाको लालपुर्जा मात्र हिमाल हाइड्रोको नाममा राखिएको हो । पछि हिमाल हाइड्रोमा विनोद चौधरी छिरे अनि शुरु भयो लफडा ।
चौधरीले युएमएनलाई ७० लाखको साँवा ब्याज तिर्छु पनि भनेनन् । बरु त्यो जग्गा–जमिन मेरो हो भन्न थाले । जसरी बाँसबारी छालाजुत्ताको जग्गा जमिन देखाएर नेपाल बैंकसँग ऋण लिए, मेसिनरी सामान देखाएर फेरि सापट मागे । ६ रोपनी ३ आना जग्गा सित्तैमा लिने खेलोमेलोपछि युएमएन राष्ट्र बैंकमा पुग्यो । बैंकले उक्त जग्गाका नाममा ऋण प्रवाह नगर्न सबैतिर सर्कुलर जारी ग¥यो ।
मुलुकी ऐनमा कल्याण धनको महल छ । जसमा कुनै हकवाला छैन भने सरकारको हुन्छ भनिएको छ । यस्तै सर्वाेच्च अदालतले कुनै पनि गैरसरकारी संस्थाले आफ्नो सम्पत्ति अरुलाई दिन पाउँदैन भनेकोछ । कथं आइएनजीओ बन्द भएको खण्डमा मात्र त्यसको अचल सम्पत्ति स्वतः नेपाल सरकारको अधीनमा आउँछ भन्ने छ । तर, अहिले प्रदेश योजना आयोग चलाइरहेका अनुप उपाध्यायले ऊर्जा सचिव हुँदा युएमनको सम्पत्ति नेपाल सरकारको हुने निर्णय ठोकिदिए । ऊर्जा मन्त्रालयको निर्णयविरुद्ध युएमएन अदालत पुग्यो । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको इजलाशले उक्त जग्गा नेपाल सरकार ऊर्जा मन्त्रालयको नाममा हस्तान्तरण गर्ने÷गराउने कार्य नगर्न– नगराउन आदेश दियो । अर्थात सरकारसँग उक्त मुद्दा युएमएनले जित्यो । उसले उक्त मुद्दा जित्नु नै उसको हार र विनोद चौधरीका लागि जित बन्न पुगेको एकजा जानकारले बताए । यदि, युएमएनले उक्त मुद्दा सर्वाेच्चबाट हारेको भए जग्गा स्वतः सरकारको नाममा आउँथ्यो । तर, युएमएनले जित्ने नाममा विनोद चौधरीको जीत भएको देखियो । यो जग्गा धितो राखेर ऋण नदिनु भन्ने राष्ट्र बैंकको परिपत्र र सम्झौताअनुसार नामसारी भएन भन्दै चौधरी समूह अहिले फेरि अहिले युएमएनविरुद्ध सर्वाेच्च अदालतमा पुगेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१४ दफा संशोधनको सहमति पछि स्थानीय तहका कर्मचारीको आन्दोलन स्थगित

रसुवालाई संघ सरकारबाट १ अर्ब २० करोड अनुदान : धेरै नौकुण्डमा,कम आमाछोदिङ्मोलाई

बालेनका दाहिने हात पाण्डे निलम्बित, निमित्त प्रमुख जोशी

प्राविधिक अधिकृतको लिखित परीक्षामा सहभागी सबै उमेद्धार असफल

शाखा अधिकृत,लेखापालसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा

रेडपाण्डा चोर आफै जाकिए खोर

इञ्जिनियर न्यौपानेलाई वेष्टक्लिफ विद्यालयको उत्कृष्ट अवार्ड

वडाध्यक्षमाथि सार्वजनिक सम्पति हिनामिनाको आरोप

बिशेष