मनिषाको सफलता :-एकै वर्ष लोकसेवाका पाँच परीक्षा उत्र्तीण

अहिले सामाजिक सञ्जालमा चर्चामा छिन् गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) । एकै बर्षमा लोकसेवाले लिइएका विभिन्न् पाँचवटै परीक्षामा उत्र्तीण भएर सफलता हासिल गरेसँगै उनको चर्चा चुलिएको हो ।

बिज्ञापन

धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षमा लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा उत्र्तीण गरेकी हुन ।

बिज्ञापन

जिसीले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेर सफलता हासिल गरेसँगै उनको चर्चा चुलिएको हो ।

लोकसेवाका पाँचवटै परीक्षामा उत्र्तीण हुन सफल मनिषाले यस अघि करिब पाँच वर्ष करार सेवामा काम गरेकी हुन । करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन् । छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरेकी जिसीले नर्सिङ कलेज बुटवलबाट विसं २०७५ मा स्टाफ नर्स उत्तीर्ण गरेकी हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आचारसंहिता लाग्नु अघि सिंहदरबारमा मध्यरातीसम्म काम : अगाडि बढ्यो महाप्रवन्धक नियुक्ति प्रक्रिया

प्रधानमन्त्री रोजगार कार्यक्रम खारेज

खेलकुद मन्त्रीले बुझाए राजीनामा,सञ्चारमन्त्री छलफलमै

यूएईका श्रम काउन्सेलर सिंहदरबार फिर्ता,नयाँ नियुक्तिका लागि मन्त्रालयले माग्यो आवेदन

५८ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

निर्वाचन आचारसंहिता लागू : सरकारी नियुक्ति सरुवा, बढुवामा आजदेखि लगाम

आठ सहसचिवहरुको सरुवा

८ सहसचिवहरूको सरुवा

बिशेष