कार्यसम्पादन मूल्यांकनमा रसुवाका ५ पालिका :कालिका अब्बल,नौकुण्डको बिजोग

आर्थिक वर्ष २०७९/ ०८० को कार्यसम्पादन मूल्यांकनमा रसुवा जिल्लाका पाँच पालिकामध्ये स्थिति बिजोग देखिएको छ । विभिन्न १७ वटा सूचकमा गरिएको मूल्यांकनमा कुनै पनि पालिकाले ३० प्रतिशत अंक भार समेत कटाएका छैनन् । जिल्लागत रुपमा विश्लेषण गर्दा ५ पालिकामध्ये कालिका गाउँपालिका अब्बल देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा जिल्लाका उत्तरगया,नौकुण्ड,आमाछोदिङ्मो,गोसाइकुण्ड र कालिकामध्ये कालिका अब्बल देखिएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ७७३ स्थानीय तहको कार्यसम्पादन मुल्यांकन सार्वजनिक गरेका हो ।

बिज्ञापन

जसमा कालिकाले २६ दशमलव ९६,उत्तरगयाले २१ दशमलव ५२,गोसाइकुण्ड २१ दशमलव २३,आमाछोदिङ्मो २० दशमलव ८१ अंक पाउँदा नौकुण्डले १३ प्रतिशत नम्बर पाएको छ । केन्द्रले विभिन्न सूचांकहरुको मूल्यांकन गरी कार्यसम्पादन मूल्याकन तयार गरेको छ । प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि–२०७८ अनुसार १७ वटा सूचकका आधारमा वित्त आयोगले मूल्यांकन गर्ने गर्छ । जसमा असार १० भित्र बजेट पेश गरे वा नगरेको, असार मसान्तभित्र बजेट पारित गरेरनगरेको, आयरव्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरेरनगरेको, बजेटको वार्षिक समीक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे नगरेको, विनियोजित रकमअनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) को प्रयोग गरे वा नगरेको जस्ता सूचकका आधार केन्द्रले मूल्यांकन गर्दै आएको छ ।

बिज्ञापन

केन्द्रले गरेको कार्यसम्पादन मूल्याकनमा सन्धीखर्क नगरपालिका उत्कृष्ट भएको छ । सन्धीखर्क नगरपालिकाले ६१ दशमलव ८१ अंक प्राप्त गरी देशकै पहिलो बनेको हो ।
त्यस्तै गाउँपालिकातर्फ गुल्मीको मालिका पहिलो भएको छ । देशभरका स्थानीय तहमध्ये तेस्रो र गाउँपालिकातर्फ ५५ दशमलव ४५ अंकसहित प्रथम भएको हो । देशभरका स्थानीय तहमध्ये चितवनको भरतपुर महानगरपालिका ५६ दशमलव २९ प्रतिशत अंकसहित दोस्रो स्थानमा छ ।

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि–२०७८ को दफा ७ अनुसार कार्य सम्पादन मूल्यांकनगरी अंक प्रदान गरिएको र प्राप्त अंकमा चित्त नबुझे ७ दिनभित्र निवेदन दिन भनिएको छ । कुनै स्थानीय तहको तथ्यांक गलत भएको भए एक साताभित्र समीक्षा गरी अन्तिम नतिजा सार्वजनिक गरिने आयोगका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले बताएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

बिशेष