माघ पहिलो साता झिल्टुङ दौड

झिल्टुङ क्रस कन्ट्री दौडको आठौँ संस्करण आगामी माघ ६ गते हुने भएको छ । आयोजक नुवाकोटस्थित बेलकोटगढी नगरपालिका वडा–५ ले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

बिज्ञापन

प्रतियोगितालाई प्राविधिक सहयोग तथा संयोजन एथलेटिक्स परिवार नेपालले गर्नेछ । प्रतियोगितामा खुला महिला तथा पुरुष, स्थानीय पुरुष, भेट्रान खुला पुरुष, खुला जुनियर १६ वर्ष मुनिका छात्रा/छात्र, स्थानीय १६ वर्ष मुनिका छात्रा/ छात्र, ४५ वर्ष माथिका स्थानीय पुरुष र स्थानीय आमासमूह गरी १० विधा समेटिएको छ । तीमध्ये खुला महिला/पुरुष, स्थानीय पुरुष, भेट्रान खुला पुरुष १३.४ तथा अन्य ४.५ किमीको हुनेछ ।

बिज्ञापन

प्रतियोगिता आयोजक वडा–५ स्थितकोल्पुटारबाट सुरु भई बेलिनी, छाप, राजओडार,  सालचौर हुँदै फेरि कोल्पुटारमा आएर समाप्त हुनेछ । दौडको दुरी १३.४ किलोमिटर कच्चीबाटो रहेको छ । खुला महिला/पुरुषतर्फको विजेताले १५ हजार, उपविजेताले  १० हजार र तेस्रो हुनेले पाँच हजार रुपियाँ प्राप्त गर्नेछन् ।

स्थानीय खुलाको विजेतालाई १० हजार, उपविजेतालाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार रुपियाँ प्रदान गरिनेछ । भेट्रान खुला पुरुषतर्फका शीर्ष तीनले आठ हजार, ६ हजार र चार हजार रुपियाँ पाउनेछन् ।

बिज्ञापन

खुला जुनियर १६ वर्षमुनिका छात्रा तथा छात्र, स्थानीय १६ वर्षमुनिका छात्र तथा छात्र र ४५ वर्ष माथिका स्थानीय पुरुषतर्फका शीर्ष तीनलाई ६ हजार, चार हजार र दुई हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ । स्थानीय आमा समूहतर्फका विजेताले १२ हजार, उपविजेताले नौ हजार र तेस्रो स्थानमा रहनले ६ हजार रुपियाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

५७ शाखा अधिकृतको सरुवा : २७ गृहमा भित्रदा बाहिरिए ११ जना

१४ उपसचिवको सरुवा: मालपोतबाट सामान्यको जगेडामा रहेका भट्टराई र घिमिरे पुगे जिसस

सुशासन र चुस्त प्रशासनका लागि गगन थापाका १६ संकल्प

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

संकटमा स्वास्थ्य वीमा : बीमा कार्यक्रमबाट बाहिरियो शिक्षण अस्पताल

कर्मचारी राख्न बालुवाटार-थापाथली आसपास गेस्ट हाउस खोज्दै केन्द्रीय बैंक

सुनको मूल्यमा रेकर्ड ब्रेक

काँग्रेसमा कलह : गगन थापा अब अन्तरिम सभापति

बिशेष