माघ पहिलो साता झिल्टुङ दौड

झिल्टुङ क्रस कन्ट्री दौडको आठौँ संस्करण आगामी माघ ६ गते हुने भएको छ । आयोजक नुवाकोटस्थित बेलकोटगढी नगरपालिका वडा–५ ले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

बिज्ञापन

प्रतियोगितालाई प्राविधिक सहयोग तथा संयोजन एथलेटिक्स परिवार नेपालले गर्नेछ । प्रतियोगितामा खुला महिला तथा पुरुष, स्थानीय पुरुष, भेट्रान खुला पुरुष, खुला जुनियर १६ वर्ष मुनिका छात्रा/छात्र, स्थानीय १६ वर्ष मुनिका छात्रा/ छात्र, ४५ वर्ष माथिका स्थानीय पुरुष र स्थानीय आमासमूह गरी १० विधा समेटिएको छ । तीमध्ये खुला महिला/पुरुष, स्थानीय पुरुष, भेट्रान खुला पुरुष १३.४ तथा अन्य ४.५ किमीको हुनेछ ।

बिज्ञापन

प्रतियोगिता आयोजक वडा–५ स्थितकोल्पुटारबाट सुरु भई बेलिनी, छाप, राजओडार,  सालचौर हुँदै फेरि कोल्पुटारमा आएर समाप्त हुनेछ । दौडको दुरी १३.४ किलोमिटर कच्चीबाटो रहेको छ । खुला महिला/पुरुषतर्फको विजेताले १५ हजार, उपविजेताले  १० हजार र तेस्रो हुनेले पाँच हजार रुपियाँ प्राप्त गर्नेछन् ।

स्थानीय खुलाको विजेतालाई १० हजार, उपविजेतालाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार रुपियाँ प्रदान गरिनेछ । भेट्रान खुला पुरुषतर्फका शीर्ष तीनले आठ हजार, ६ हजार र चार हजार रुपियाँ पाउनेछन् ।

बिज्ञापन

खुला जुनियर १६ वर्षमुनिका छात्रा तथा छात्र, स्थानीय १६ वर्षमुनिका छात्र तथा छात्र र ४५ वर्ष माथिका स्थानीय पुरुषतर्फका शीर्ष तीनलाई ६ हजार, चार हजार र दुई हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ । स्थानीय आमा समूहतर्फका विजेताले १२ हजार, उपविजेताले नौ हजार र तेस्रो स्थानमा रहनले ६ हजार रुपियाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

७ मन्त्रालय,तीन निकायका ६२२ दरबन्दी कायम

२४ उपसचिवको सरुवा : ९ लाई प्रमुख प्रशासकीय अधिकृत,५ पुगे मालपोत

आर्या होटलमा मेरो भोगाइ : “म काम सिक्न गएको थिएँ, तर त्यहाँ मैले सम्मानभन्दा बढी अपमान पाएँ”

सकारात्मक सोच र दूरदर्शी नेतृत्वबिना समृद्धि सम्भव छैन

कम्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बरण्डाका सहसचिवलाई साता दिनको ‘टास्क’

बासुदेव गृह तानिए,ईश्वरी राती नै हाजिर भए

चिकित्सकमाथि आक्रमणपछि सरकारको कडा सन्देश : उपचार सेवा नरोकिने, दोषीमाथि कानुनी कारबाही अघि बढ्यो

बिशेष