यस्तो छ देशको वर्तमान आर्थिक स्थिति (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकले पाँच महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८० ०८१ को पाँच महिनाको तथ्यांअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४ दशमलव ९५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

बिज्ञापन

यस्तै आयात ३ दशमलव ४ प्रतिशत, निर्यात ६ दशमलव १ प्रतिशत र कुल वस्तु व्यापार घाटा ३ दशमलव १ प्रतिशतले घटेको छ । यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७ दशमलव ६ प्रतिशतले र अमेरिकी डलरमा २४ दशमलव ५ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।

बिज्ञापन

यस्तै शोधनान्तर स्थिति रु २१० अर्ब ५९ करोडले बचतमा रहँदा कुल विदेशी विनिमय सञ्चिति रु १७६७ अर्ब ४ करोड र अमेरिकी डलरमा १३ अर्ब ३१ करोड रहेको बैंकको तथ्यांकमा उल्लेख छ ।

यसैगरी नेपाल सरकारको खर्च रु ४५३ अर्ब र राजस्व परिचालन रु ३६३ अर्ब ४३ करोड रहेको छ भने विस्तृत मुद्राप्रदाय ४ दशमलव ७ प्रतिशतले बढेको छ । यस्तै वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४ दशमलव ४ प्रतिशतले बढेको छ ।

बिज्ञापन

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४ दशमलव ६ प्रतिशतले बढेको भने निजी क्षेत्रमा प्रवाहित कर्जा २ दशमलव ३ प्रतिशतले बढेको छ । यस्तै वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४ दशमलव ५ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

Current Macroeconomic and Financial Situation -Nepali (Based on Five Months’ data of 2080.81)

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पिरामिड शैलीको दरबन्दी संरचना नहुँदा मारमा कर्मचारी,मुख्यसचिवलाई बुझाए ज्ञापन

परदेशमा म एक एक्लो यात्री

ठेकेदारलाई मस्ती,रसुवाबासीलाई बर्षेनी सास्ती

मन्त्रीपरिषद्का सात निर्णय : नियुक्ति,नियमावली स्वीकृतदेखि विकास समिति खारेजसम्म

कानुन मन्त्रालयका ९ कर्मचारी कटौती,९६ दरबन्दी कायम

सँगैका सहसचिवलाई स्थानीय तह,आरतीलाई किताबखानाको महानिर्देशक

मन्त्रिपरिषद् बैठक बस्दै

व्याकडेटमा सब इन्जिनियरको ६५ प्रतिशत दरबन्दी कटौती

बिशेष