वडामा गुनासो सुनुवाई केन्द्र स्थापना गर्न सिंहदरबारबाट निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनगुनासो सम्बोधनका लागि सबै वडामा गुनासो सुनुवाई केन्द्र र मोबाइल गभर्नेन्सको व्यवस्था गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै स्थानीय तहलाई जनगुनासो सम्बोधनका लागि हरेक वडामा गुनासो सुनुवाई केन्द्र र मोबाइल गभर्नेन्सको व्यवस्था गरी सोको जानकारी गराउन लिखित निर्देशन पठाएको छ ।

बिज्ञापन

त्यस्तै, मन्त्रालयले स्थानीय तहमा भएको हालसम्मको भौतिक एवम् वित्तिय प्रगति विवरणको लागि ताकेता गरेको छ । ‘चालु आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रमको बुँदा नम्बर १६१ मा सबै सरकारी सेवा प्रवाहको एकद्वार प्रणाली विकास गरिने र जनगुनासो सम्बोधनका लागि हरेक वडामा गुनासो सुनुवाई केन्द्र र मोबाइल गभर्नेन्सको व्यवस्था गरिने व्यहोरा उल्लेख भएको छ । उक्त कार्यक्रमको कार्यान्वयनको लागि वडास्तरमा जनगुनासो सुनुवाई केन्द्र र मोबाइल गभर्नेन्सको व्यवस्था गरी सोको जानकारी यस मन्त्रालयलाई समेत गराउनुहुन…’, पत्रमा लेखिएको छ ।

बिज्ञापन

सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १६१ मा सबै सरकारी कार्यालयमा सेवा प्रवाहको एकद्वार प्रणाली विकास गरिने उल्लेख छ । त्यस्तै, जनगुनासो सम्बोधनका लागि हरेक वडामा गुनासो सुनुवाई केन्द्र र मोबाइल गभर्नेन्सको व्यवस्थासँगै हेलो सरकारलाई थप प्रभावकारी बनाउने भनिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ : प्रधानमन्त्री बालेन

मेटेरियोलोजीलाई इन्जिनियरिङ परिषद् दर्ता प्रक्रियामा समावेश गर्ने विषय : कानुनी, शैक्षिक र व्यावसायिक विश्लेषण

!! प्रिय मङसिर महिना, प्रिय मान्छे !!

एकैदिन तोलामा २० हजार रुपैयाँभन्दा बढी उकालो, सुन फेरि तीन लाख नाघ्यो

‘भ्रष्टाचारको पराकाष्ठा’ भन्दै सरुवामाथि प्रश्न उठाउने नापी प्रमुख आफैं सरुवा अटेर, मन्त्रालयको आदेशलाई चुनौती ?

दुई दिनदेखि प्रचण्ड अस्पताल भर्ना

सरकारी सेवामा महिला कर्मचारीको सङ्ख्या ३० प्रतिशत

उपसचिव मुनीका कर्मचारी आयकरको दायराबाट बाहिर

बिशेष