स्थानीय तह
कर्मचारी खटन पटनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बदमासीको जनप्रतिनिधिहरुले खुलेरै विरोध गर्न थालेका छन् । एमाले इतरका मेयर र अध्यक्ष रहेका पालिकाहरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वक्र दृष्ट्रि पर्न थालेको छ । त्यस्का एउटा उदाहरण हो,बारास्थित जितपुर सिमरा उपमहानगरपालिका । सामान्यकै बदमासीका कारण एउटै पालिकामा दुई जना प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बदमासीका कारण एउटै पालिकामा दुई जना प्रमुख प्रशासकीय अधिकृत(हाकिम) लाई जिम्मेवारी दिएको छ । गत वैशाख २० गतेमात्र वारास्थित जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्लेलाई खटाइएकोमा सोही ठाउँमा २७ भदौंको मन्त्रिस्तरीय निर्णयबाट त्यहाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएसँगै लफडा निस्किएको छ ।उनको सरुवाको बिषयलाई लिएर अदालतमा मुद्धा विचराधिन रहेकै […]
रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले करारमा राख्न नमिल्ने पदहरुमा कर्मचरी नियुक्ति गरी नियमविपरित भुक्तानी गरेका छन् । महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदनमा गाउँपालिकाले नियमविपरित करारमा कर्मचारी राखि तलब भुक्तानी गरेको देखाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ को उपदफा (६) मा स्थानीय तहले नगर प्रहरी, सवारी चालक, सरसफाई सम्बन्धी आदि पदमा […]
स्थानीय निकायहरु स्थानीय सरकारमा रुपान्तरण भएको सात वर्ष व्यतित भई सकेको छ । यस सरकारको प्रशासकीय प्रमुखको कामकाज गर्न नेपाल सरकारले संघीय निजामती सेवाको अधिकृतलाई खटाउने नीति लिएको छ । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पद नेपाल सरकाको मूख्य सचिव, प्रदेश सरकारको प्रमुख सचिव जत्तीकै महत्त्वपूर्ण तथा र शक्तिशाली मानिन्छ । स्थानीय सरकार सन्चालन ऐन […]
सञ्जय मिश्रा, रौतहट । रौतहटको कटहरिया नगरपालिका दुई महिनादेखि प्रमुख प्रशासकिय अधिकृत बिहिन हुँदा सम्पूर्ण सेवा ठप्प भएको छ । निलम्बित मेयर अजय प्रकाश जैसवालले नगरका अग्रज कर्मचारीलाई पाखा लगाउँदै आफ्ना पाकिटका कनिष्ट कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाउन खोजेको कारण समस्या बल्झिएको हो । नगरपालिका २ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत बिहिन हुँदा आर्थिक प्रशासनिक सम्पूर्ण […]
स्थानीय तहका कर्मचारीहरु प्रदेशभित्रकै अर्को स्थानीय तहमा सरुवा हुनका लागि दोहोरो सहमति नचाहिने भएको छ । लुम्बिनी प्रदेश सभाबाट हालै पारित भएको विद्येयकमा यस अघिको अप्ठ्यारो दोहोरो सहमतिको व्यवस्थालाई हटाइएको हो ।लुम्बिनी प्रदेश सभाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राखिएको यस्तो व्यवस्था सर्वसहमितबाट पारित भएसँगै सो प्रदेशभित्रका स्थानीय […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०६ अधिकृतहरुको पदस्थापन गरेको छ । जसमध्ये ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटाइएको छ भने बाँकी १०३ जनालाई स्थानीय तहमा पठाइएको हो । हालैमात्र लोकसेवा आयोगबाट अधिकृत तह उत्र्तिण गरी कर्मचारी प्रशिक्ष्ण तालिम केन्द्रबाट तालिम लिएका अधिकृतहरुको पदस्थापन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । […]
मधेश प्रदेशको एक मात्र महानगरपालिका हो वीरगन्ज,उक्त महानगरपालिकाको मेयरको जिम्मेवारीमा छन्,राजेशमान सिंह । २७ महिना अघि आफ्नो प्रतिष्प्रर्धी विजयकुमार सरावगीलाई दोब्बर मतान्तरले हराएर निर्वाचित भएका सिंहले यो अवधिमा शिक्षा र स्वास्थ्यको सेवामा महानगरपालिकामा आफूले ‘कमालै’ गरेको बताउँछन् । ३ दशक अगाडिदेखि राजनीतिमा होमिएका सिंह स्पष्ट वक्ता, बोलीमा अडिग व्यक्तिका रुपमा चिनिन्छन् । तत्कालीन शासन कालमा […]
२१ औं निजामति सेवा दिवसको सम्बन्धित सम्पूर्णमा शुभकामना। मलाई सरकारले निजामति नमानेपछि मैले गर्व गरिरहनु मेरै मुर्खता हुन्छ जस्तो लाग्छ। – स्थानीय तहमा स्थायी नियुक्त भएर कार्यरत कर्मचारी। स्थानीय तहमा रहनु भनेको दुनियाँको नजरमा त सरकारी जागीरे बन्नु हो तर आफू खुसी कुनैपनि हालतमा हुनै सकिएन। आखिर कतिन्जेल परिवार बिहिन भई बस्नुपर्ने हो थाहा छैन। […]
मन्त्रीको कोपभाजनमा परेर एक जना कर्मचारीको कर्मचारीको भ्रमण रद्ध भएको छ । भीसा लागिसकेको ती प्रमुख प्रशासकीय अधिकृत मेयरप्रति उत्तरदायी भएको भन्दै राजनीतिक पूर्वाग्रह साँधेर मन्त्रालयले उनको भ्रमण अन्तिम समयमा रद्ध गरिदिएको भेटिएको छ । संयुक्त राज्य अमेरिकामा आयोजना हुन लागेको ४ दिने कार्यक्रमका लागि त्यता जान लागेकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको भ्रमण संघीय […]