नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टचार मुद्धा लागेर निलम्बित भएका र पछि क्लिन चिट पाएका एक सहसचिव घुमिफिरी फेरि महानगरपालिकामा पुगेका छन् ।
बिज्ञापन
गोदावरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा प्राकृतिक स्रोत दोहन र राजस्व हिनामिनाको अभियोगमा उनीमाथि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । सोही मुद्धा लागेर केही समय निलम्बनमा परेका बीरेन्द्रदेव भारती घुमिफिरी रम्जाटार भनेझैं फेरि स्थानीय तहकै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेका छन् । जागिरे जीवनमा १७ बर्ष स्थानीय तहमै प्रमुख प्रशासकीय अधिकृत भएर बिताएका भारती फेरि प्रचण्ड पुत्री रेणु दाहालले नेतृत्व गरिरहेको भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर जान लागेका हुन । सो पालिकामा यस अघि नै केही समय उनले नेतृत्व गरिसकेका थिए । अस्ति मन्त्रिपरिषद्ले ६० जना सहसचिवहरुको सरुवा गर्दा स्थानीय तहका रैथाने कर्मचारीलाई स्थानीय तहमै खटाइएको छ ।
यस अघि गोदावरी नगरपालिकामा रहँदा प्राकृतिक स्रोतको दोहनको मुद्धा लागेर भ्रष्टाचार मुद्धा चलेर केही समय निलम्बनमा परेका उनी क्लिन चिट पाएसँगै बाग्मती प्रदेशमा खटाइएकोमा अहिले फेरि भरतपुर महानगरपालिकामा खटाइएको हो । महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा ‘ह्याट्रिक’ हान्दै भरतपुरमा रेणु दाहालको सहयोगी बन्न पुगेका हुन भारती ।
विशेष अदालतबाट सफाइ पाएपछि उनी दोस्रो पटक भरतपुर महानगरपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्न लागेका हुन् । भारती यसअघि पनि भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए । तर, कार्यकालको एक महिनामै गोदावरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहदाँ प्राकृतिक स्रोत दोहन र राजस्व हिनामिनासम्बन्धी अभियोगमा भ्रष्टाचार मुद्दा खेप्दै निलम्बनमा परेका थिए । उक्त मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि उनी बागमती प्रदेश नीति तथा योजना आयोगको सचिवबाट फेरि भरतपुर महानगरपालिकामा ह्याट्रिक हानेका हुन ।
बिज्ञापन
दैलेखका बासी उनी टोखाका जमिन्दार कर्मचारी हुन । ०५६ सालमा डोल्पामा कृषि विकास बैंकको प्रशासन सेवाको शाखा अधिकृतमा नाम निकालेका उनको जागिरे जीवनको झण्डै १७ बर्ष स्थानीय तहमै काम गरेका छन् । ०६६ सालमा उपसचिव भएपछि भारतीले डोल्पालगायतका जिल्लामा स्थानीय विकास अधिकारी,हुँदै नेपालगञ्ज नगरपालिका,बुटवल उपनगरपालिकाको नेतृत्व सम्हाले । यस्तै कमल थापा उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री हुँदा दैलेखी भारती उनको सचिवालयमा बसेका थिए । पछि उनी बुढानिलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका र गोरखाको पालुङटार नगरपालिका,गोदावरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिसकेका छन् । उपसचिवदेखि १६ बर्ष समय अधिकांश स्थानीय तहमा एकछत्र राज गर्ने कर्मचारीको रुपमा चिनिन्छन् भारती । ०७८ सालका सहसचिव भारती बुटवल, पोखरा, ललितपुर, जितपुर सिमरा हुँदै भरतपुर हुँदै फेरि सोही ठाउँमा पुगेका हुन । प्रशासनिक वृत्तमा भारतीलाई ‘शक्तिशाली सहसचिव’ का रूपमा चिनिन्छन् ।

























