भ्रष्टाचार मुद्धामा शाखा अधिकृतलाई विशेषको क्लिन चिट,अख्तियारको असन्तृष्टी

३ बर्ष अघि शाखा अधिकृत पिताम्बर सारु मुगुको छायानाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए । नगरपालिका २ मा पक्की सिढी निर्माण गर्दा इन्जिनियरले वास्तविक कार्यभन्दा बढी कार्य भएको देखाई तयार पारेको विवरणमा हस्ताक्षर गरेपछि उनीसहित पाँच जनाविरुद्ध अख्तियारले विशेषमा मुद्धा लग्यो । इन्जिनियरहरुले वास्तविक कार्यभन्दा बढी कार्य भएको देखाएको, प्रशासकीय अधिकृत सारुमाथि गलत कागजपत्रमा हस्ताक्षर गरेको र उपभोक्ता समिति अध्यक्ष र कोषाध्यक्षले बदनीयपूर्ण तरिकाले गैरकानुनी लाभ लिने काम गरेको २९ लाख ७७ हजार ८२१ रुपैयाँ बिगोसहित पाँच जनाविरुद्ध विशेषमा मुद्धा लगेको थियो ।
तर, विशेष अदालतको २०८१ असार १८ गतेको फैसलाबाट उनीहरुले उन्मुक्ति पाएका छन् ।

बिज्ञापन

यस्तै, सडक ढलानमा भ्रष्टाचार गरेको ठहरसहित महोत्तरीको सम्सी गाउँपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अंसारीसहित नौ जनाउपर अख्तियारले मुद्दा दर्ता गरेको थियो । विशेष अदालतको २०८१ जेठ २ गतेको फैसलाले उनीहरुलाई पनि सफाई दिएको थियो । दुवै मुद्दाको फैसलामा असन्तुष्टि जनाउँदै अख्तियारले सर्वोच्च गुहारेको हो ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतबाट विभिन्न मितिका भएका फैसलामध्ये दुई वटामा चित्त नबुझेपछि आयोग सर्वोच्च पुगेको जनाएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

अवकाशको मुखमा अपमान

बिशेष