दुई सातापछि बालेनले छाड्दैछन् महानगरको जिम्मेवारी,सुनितालाई कार्यवहाकको जिम्मेवारी

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह प्रतिनिधि सभा निर्वाचनमा होमिने भएसँगै उनले मेयरको जिम्मेवारी छोड्नुपर्ने भएको छ ।

बिज्ञापन

प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता अगाडि नै यदी स्थानीय तह वा प्रदेश तहको बहालवाला जनप्रतिनिधिले उमेद्धारी दिनु अघि राजीनामा दिनुपर्ने कानुनी प्रावधानका कारण उनी राजीनामा दिएर उमेद्धार बन्न लागेका हुन ।

बिज्ञापन

फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने पक्का भएपछि उनले अबको दुई साता पछि महानगरको जिम्मेवारी छोड्ने भएका छन् ।

काठमाडौँ महानगरपालिकामा बालेनको कार्यकाल अझै १६ महिना समय बाँकी भएर पनि उनी अबको दुई साता पछि मेयरबाट राजीनामा दिएर प्रतिनिधि सभाको उमेद्धार बन्ने भएका हुन । प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची रहेको छ । त्यसका लागि बालेनले ६ गते नै वा त्यो भन्दा अघि राजीनामा दिइसक्नुपर्ने छ । उनले राजीनामा दिएपछि उपमेयर सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाको कार्यवाहक नेतृत्व सम्हाल्नुपर्नेछ ।

बिज्ञापन

स्थानीय तह निर्वाचन ऐनले कुनै कारणबाट मेयर लगायतका जनप्रतिनिधिको पद रिक्त भए बाँकी अवधिका लागि उपनिर्वाचन हुने व्यवस्था गरेको छ। तर त्यो बाँकी अवधि एक वर्षभन्दा कम भए उपनिर्वाचन नगर्ने व्यवस्था पनि त्यही कानुनमा उल्लेख छ।

वालेनले १६ महिना अवधि बाँकी हुँदै राजीनामा गरेर प्रतिनिधि सभाको निर्वाचनमा होमिन लागेका कारण काठमाडौं महानगरपालिकामा समेत फेरि उपनिर्वाचन हुन सक्ने स्थिति देखिदैंछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

बिशेष