चन्द्र ढकाल समूहले पाथीभरा क्षेत्रमा निर्माण गर्न लागेको केवलकारको बिषयलाई लिएर झडप भएको छ । निर्माण पक्षधर र विरोधी पक्षबिच शुक्रबार भएको झडपमा ४ जना घाइते भएका छन्। केबलकार बनाउन दिने र नदिने पक्षमा रहेकाहरुबीच शुक्रबार झडप भएको हो । जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई […]

चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्ममा राजश्व लक्ष्यको २० प्रतिशत समेत संकलन नभए पछि अर्थमन्त्री विष्णु पौडेलले राजश्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले औषत भन्दा माथि उठेर काम गर्न र मातहतका कर्मचारीहरुलाई काममा लगाउन निर्देशन दिएका हुन। सरकारले चालु आर्थिक बर्षमा १४ खर्ब […]

रोयल इन्फिल्डको अन्तराष्ट्रिय इभेन्टको विजेता दिपक शाह भएका छन् । ¥याली अफ हिमालयाज नाम दिएको उक्त ¥यालीमा दिपक शाहले चुनौतिपूर्ण यात्रा पार गर्दै विजयी भएका हुन । त्यस्तै, उक्त ¥यालीमा सहभागीहरुलाई हिमाल क्षेत्रका सबैभन्दा खतरनाक र मनमोहक मार्गहरुमा आफ्नो सीप र सहनशीलताको सिमा समेत परिक्षण गरिएको थियो । उक्त सफल राइडरका विजेता शाहले उक्त इभेन्टका […]

सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावअनुरुप पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा विज्ञसहितको पाँच सदस्यीय आयोग गठन गरेको हो । सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा।डा। रामप्रसाद ज्ञवाली, अर्थविद् डा विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम थपिने सिलसिला जारी छ । पछिल्लो दिनमा कोषमा झण्डै ११ करोड रकम थपिएको जनाइएको छ । यस अघि प्रधानमन्त्री राहत कोषमा १ अर्ब ५२ करोड मौज्दात रहेको थियो । बाढी पहिरो पछि यो कोषमा रकम जम्मा हुन थालेको छ । कोषमा ११ करोड १२ लाख २२ हजार २३० रुपैयाँ […]

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि आज तय गरिएको अन्तर्वार्ता रोकिएको छ । सर्ट लिष्टमा परेका पाँच जनामध्ये तीन जनालाई आज बिहान ८ बजे अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिका लागि सिंहदरबार बोलाइएको थियो । यसरी अन्तर्वार्ताका लागि बोलाइएका उमेद्धारहरु थिए नवराज अधिकारी, चिरञ्जिवि चापागाईं र कृष्णबहादुर कार्की । सर्टलिस्टमा परेर पनि यसअघि यी तीन उम्मेदवार अन्तर्वार्ता तथा […]

झण्डै ९ महिनादेखि धितोपत्र वोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया शुरु भएको छ । सो कुर्सीमा पुग्नका लागि १९ उमेद्धारले रुची देखाएका थिए तर सर्ट लिष्टमा परे पाँच जना । पाँचमध्ये पनि तीन उमेद्धारले अन्तर्वार्ता प्रक्रिया बहिष्कार गरेसँगै प्रक्रिया लम्तान बन्न पुगेको थियो । यस अघि  अन्तर्वार्ता  बहिष्कार गरेका तीनै जना उमेद्धार आज अन्तर्वार्ताका लागि सिंहदरबार छिरेका […]

लगानीकर्ताहरुको चासो र जिज्ञासा छ,धितोपत्र वोर्डको अध्यक्ष छनौंट प्रक्रिया कसरी अगाडि बढ्ला ? यस अघि सचिव मधु मरासिनीले कलम चोप्न नमान्दा लम्बिएको प्रक्रियालाई अर्थ मन्त्री विष्णु पौडेल चीन गएको मौका छोपेर सचिव डा रामप्रसाद घिमिरेले अगाडि बढाएका छन् । झण्डै ९ महिनादेखि धितोपत्र वोर्ड अध्यक्ष विहिन छ । सो कुर्सीमा पुग्नका लागि १९ उमेद्धारले रुची […]

राष्ट्रिय वाणिज्य बैँकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड हस्तान्तरण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो बैँकको सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले आज सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री ओलीले बैँकप्रति धन्यवाद दिँदै बाढी, पहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग […]

अविरल बर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण कृषि क्षेत्रले साढे ६ अर्ब भन्दा बढी रकमको क्षति भएको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झण्डै ३ अर्ब ५० करोडको धानबालीमा क्षति पुगेको छ । अविरल बर्षासँगै आएको वाढी पहिरोका कारण सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर वागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।