१३ महिनामा फेरिए चार महानिर्देशक

अर्थ मन्त्रालयले एकै पटक १२ सहसचिवको सरुवा गरेको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार भन्सार विभागको महानिर्देशक परिवर्तन भएका छन् । गत माघ २० मा विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका महेश भट्टराईको मन्त्रालयमा तानेर त्यहाँ प्रवक्ता समेत रहेका श्याम भण्डारीलाई खटाइएको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार, ठूला करदाता कार्यालयमा दिलिपकुमार गौतम, रमेश अर्याललाई आन्तरिक राजस्व विभागमा पुर्याइएको छ भने हालैमात्र सम्पत्ति शुद्धीकरणबाट अर्थमा भित्रिएका सुमन दाहाल बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । यस्तै सहसचिव टंकप्रसाद पाण्डे योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख बनेका छन् । भन्सार विभागबाट मन्त्रालयमा ल्याइएको महेश भट्टराई आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख बनेका छन् । यस्तै टेकनाथ लम्साल त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख बनेका छन् । गृहबाट अर्थमा इन्ट्री भएका भरतमणी पाण्डे भन्सार विभागका उपमहानिर्देशकको जिम्मेवारी पाएका छन् । यस्तै दिपक लामिछाने महालेखा नियन्त्रक कार्यालय आएका छन् । जनकराज शर्माको आन्तरिक राजस्व विभागमा पुग्दा पदम कुमार श्रेष्ठ मध्यमस्तरीय कर कार्यालयका प्रमुख र विष्णुप्रसाद ज्ञावाली वीरगञ्ज भन्सार कार्यालयका प्रमुख बनेका छन् ।

यता अर्थमन्त्री भए यता विष्णु पौडेलले चार चार जना भन्सारका महानिर्देशकहरु हेरफेर गरेका छन् । ०८१ असारमा मन्त्री नियुक्त भएका अर्थमन्त्री पौडेलले १३ महिनाको अवधिमा चार चार जना भन्सार विभागका महानिर्देशक हेरफेर गरेका छन् । अहिलेका महानिर्देशक महेश भट्टराई ६ महिनामै सरुवा भएका हुन । उनी अघि भन्सार विभागका महानिर्देशक थिए हरिशरण पुडासैनीले पाँच महिनाभन्दा बढी समय काम गर्न पाएनन् । हरिशरण अगाडि त्यहाँको महानिर्देशक थिए ढुण्डी निरौला । माओवादी निकटका कर्मचारी भन्दै उनको सरुवा गरेर स्वास्थ्य मन्त्रालयमा पठाइएकोमा निरौला अवकाशमा गइसकेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमआरलाई अस्पताल प्रवेश निषेध

जेनजीको आन्दोलनका नाममा कर्मचारीलाई चलखेलको अवसर,विवादमा तानियो कलंकी मालपोत

राजस्व अनुसन्धान विभागकै गेटभित्र हरायो ४० करोड : बर्दिया डिस्टिलरी फाइलको रहस्य

उपसचिवको सरुवामा ५३ लाख डिल,दुई हाइप्रोफाइलविरुद्ध भ्रष्टाचार मुद्धा दायर

पूर्व प्रधानमन्त्री,मन्त्रीसहित सचिव र सह सचिवलाई विदेश भ्रमणमा रोक

दुई मन्त्री, पाँच विचौलियालाई प्रतिवादी बनाएर विशेष अदालत पुग्यो अख्तियार

बाघ भैरवबारे सामान्य जानकारी

१४ बर्षको इतिहासमा दोहोर्याएर महानिर्देशक,ग्रे लिष्टबाट बाहिर निकाल्ने मुख्य टिओआर

बिशेष